कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कसरी हुन्छ सम्बन्ध राम्रो ? मानिस मानिस


बिदाइको दिन आँखामा आशु राखेर रोएको
सम्झंछू मैले त्यसैले राखें जीवनमा भोगेको
यो हाम्रो कथा सुनेर पनि बुझैन्न मानिस
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस
मायाको सानो कोपिला सम्झी मुटुमा हुर्काएं
बिछोड आज कसरी भयो म आफै डराएँ
तैपनी सामू कसरी आऊं के दिनु सम्झना
मनमा छुट्छ मायाको धागो बाधुलाँ चाहना
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस
आफंती सारा छोडेर पनि मुटुमै राखेथें
हजार चोट सहेर मैले तिमी मै भुलेथें
के भयो आज सुन्दिनौ कुरा दिलले भन्दैछु
निस्ठुरीसंग लागेको माया के भयो सोच्दैछु?
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस
केही छैनआफ्नो यो जुनी पनि छोड़ेरै जानुछ
तैपनी माया लाग्दो नै रैछ दुनिया खानुछ
सपना जस्तो तिम्रो र मेरो कथानै बन्दै छ
नियति हो क़ि भाग्य नै यस्तोयो ब्यथा चल्दैछ
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस
भाग्यको कुरा नगरु भन्छु जहाँ दुख बल्झिन्छ
आफंतीसंग त्यों कथा सुन्दाआगो नै सल्किन्छ
नाटक सम्झी गर्नु छ पूरा हामीले धर्तीमा
मधुर बोली सुनेरै फस्ने अरुको अर्तीमा ?
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस
भूमिका बाधी के भनुं मैले जादैछु छोडेर
सुन्दर हुन्छ जीवन हाम्रो माया नै तोडेर ?
हे मेरासाथी समझाई देऊ कस्तो छ समाज ?
मानिस बन्दा समाज बैरी शुन्य छ आवाज
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस
बिदाइको दिन आँखामा आशु राखेर रोएको
सम्झंछू मैले त्यसैले राखें जीवनमा भोगेको
यो हाम्रो कथा सुनेर पनि बुझैन्न मानिस
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस
कसरी हुन्छ सम्बन्ध राम्रो मानिस मानिस


इन्द्रेनी शर्मा ´´जलद´´
प्रगतिनगर नवलपरासी
हाल पोर्तुगल