कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कबी /गीतकार तथा गजलकार कृष्ण हरी बराललाई कोलोराडो च्याप्टरबाट आर्थिक सहयोग






आचार्य प्रभा /डेन्वर कोलोराडो

फेब्रुवरी ६

नेपाली साहित्यका बरीष्ठ साहित्यकार/समालोचक/गीतकार तथा गजलकार डा.श्री कृष्ण हरी बरालको उपचारका निम्ती अंतर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरबाट ६५७ डलर आर्थिक सहयोग स्वरुप "कृष्ण हरी बराल सहयोग कोषमा" पठाइेएको कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्मा बाट जानकारीमा आएको छ । कोलोराडोबासी सम्पूर्ण सहयोगीहरु र कोलोराडो च्याप्टरका सम्पूर्ण परिवार वहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अन्य महानुभावहरुलाई पनि आर्थीक सहयोगको अपिल गर्दछ । हामी सबैको सानो सहयोगले अवश्य हाम्रा मुर्धन्य साहित्यकार तथा गजलकारको दिर्घ जीवनमा थप राहत पुग्नेछ भन्ने कोलोराडो च्याप्टर परिवार हार्दिक आभार प्रकट गर्दछ ।