कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - निराजन प्रभात लुइटेल




कती गरे यात्रा भन्दै भित्ताहरु नाप्दैछु म ।
आफ्नै चिता आफै बाली दिन-रात ताप्दैछु म । ।

छैन दु:ख उमेर गा'को,भोली केनै गर्छु होला ?
अझै फोस्रो उमेर पो माथी माथी खाप्दैछु म । ।

ईट ढुङ्गा महङ्गो छ,छैन आफ्नो कुनै छाप्रो ।
साहित्यमा यौटा नयाँ शब्द छाप्रो छाप्दैछु म ।

बाबु माग्ने नेता सँग माग्दै बित्यो उनको उमेर ।
रीती फेर्न शक्ती पाउँ अंजुलीनै थाप्दैछु म ।



निराजन प्रभात लुइटेल
झापा नेपाल
हाल दोहा कतार