कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इजरायलमा साहित्यिक बनभोज तथा पुस्तक विमोचन



ग्रुपमा फोटो खिचाउँदै इजरायली साहित्यिक मनहरू
फोटो_अर्जुन जैसवाल

फेब्रुवरी २०, २०११
अनेसास, इजरायल

नेपाली प्रजातन्त्र दिवसको अवसर पारेर इजरायलमा रहनुभएका साहित्य अनुरागीहरूको साहित्यिक बनभोज तथा नियात्रा तथा सँस्मरणाकार नयेन्द्र चेम्जोङको नविनतम् कृति मोडको विमोचन कार्यक्रम अनेसास इजरायल च्याप्टरद्वारा तेलअभिभ नजिकै रामात गान भन्ने ठाउँको लुना पार्कमा सम्पन्न गरियो ।

उक्त कार्यक्रमको पहिलो चरणमा अनपचारिक कार्यक्रम अन्तर्गत वनभोज कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम पश्चात नै पचारिक दोश्रो कार्यक्रम अन्तर्गत नविन कृति मोडको अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष, प्रमुख अतिथि हरि मानन्धर, सर्जक नयेन्द्र चेम्जोङ र उहाँकी धर्मपत्नी शान्ती चेम्जोङद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो ।
संयुक्तरूपमा पुस्तक विमोचन गरिँदै
फोटो_अर्जुन जैसवाल

बनभोजमा खानामा रमाउँदै इजरायली साहित्यिक मनहरू
फोटो_अर्जुन जैसवाल
 कार्यक्रममा इजरायल च्याप्टरका उपाध्यक्ष शंकर कुमार पडेलद्वारा स्वागत भन्तव्यद्वारा इजरायलको चिसो हावाहुरी र झरीसँगै गर्मिलो स्वागत गरिएको थियो भने अनेसास इजरायल च्याप्टरका सल्लाहकार सोमेन्द्र घिमिरेद्वारा कृति र सर्जकको बारेमा बोल्दै परदेशमा रहेर पाइएका दुःख पीडा तथा अवस्मरणीय क्षणहरूला समेटेर सत्य कुराहरूमा रहेर निश्पक्ष रूपमा लेखिएका नियात्राहरू समेटिएकाले कृति र सर्जक दुबैला धन्यवाद तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै आफ्नै कृतिको बारेमा सर्जक नयेन्द्र चेम्जोङद्वारा कृतिमा आफ्नो कृतिमा नेपालमा सरकारी जागिर गर्दादेखि विदेशमा रहँदाका आफ्नो मात्र नभ सम्पूर्ण विदेशिएकाहरूको अनुभव तथा पीडाहरूला समेटेको कुरा बताउनुभएको थियो । अनेसास इजरायल च्याप्टरकि कार्यकारी सदस्य उमा सुवेदीले पनि कृति र कृतिकारले नेपाली साहित्यमा दिनुभएको योगदान र कृति प्रकाशन गर्नुभएकोमा बधाइ तथा धन्यवाद र कृतिको सफलतको शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रम अनेसास केन्द्रिय सचिव हरि मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने उक्त अवसरमा मानन्धरले सर्जक नयेन्द्र चेम्जोङको नियात्रा तथा सँस्मरण सँग्रहले नेपाली डायस्पोरामा नेपालीहरूले भोग्नु परेका दुःख पीडाका अनुभवहरू र विदेशमा बस्दा विदेशीहरूबाट हेपिनु परेका पीडाहरूला समेटर सम्पूर्ण विदेशमा रहनुभएका नेपालीहरूको सिङ्गो अनुभव कृति मार्फत पाठकमाझ ल्याउनुभएकोमा बधा तथा धन्यवाद दिनुभयो । तथा कृतिकारले आफ्ना नियात्रा तथा सँस्मरणहरूमा इमान्दारी पूर्वक भए घटेका घटनाहरूलासमेत प्रस्ट पार्नुभएकोमा उक्त कार्यक्रममा बोल्दै सर्जक नयेन्द्र चेम्जोङको कृति मोडले जनमानसको हृदय छुने हुनाले सफलता हुनुमा कुनै विमत नरहेको बताउनुभयो ।

साहित्यिक रसमा झुमेर ताली बजाउँदै फोटो_अर्जुन जैसवाल

उक्त कार्यक्रम अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षले दोश्रो औपचारिक कार्यक्रमको समापन गर्नुहुँदै नयेन्द्र चेम्जोङको कृति मोडमा भएका सबै सँग्रहहरू उहाँको मात्र नभई सबै विदेशिने मनहरूको साझा भएकाले मोडको सफलताको कामना गर्नुहभएको थियो । त्यस्तै इजरायलमा समयाभावको वावजूद पनि  साहित्यमा लागि परेका कवि दिप्स शाह र गजल तथा गीतकार उमा सुवेदीको कृतिहरू नई प्रकाशनद्वारा पुरस्कृत भएकोमा इजरायल च्याप्टरकै गर्वको कुरा भएको बताउनुभएको थियो ।
अन्तमा तेश्रो तथा अन्तिम अनौपचारिक साहित्यिक कार्यक्रममा विभिन्न श्रष्टाहरूले आ–आफ्ना रचना पाठ गराउँदै कार्यक्रममा पुनः रौनक थपिएको थियो । रचना पाठ गर्नेहरूमा हरि मानन्धर, दिप्स शाह, भगवती बस्नेत, भगवती कनेल, रिमा सापकोटा (साईराम), रीता राई, मनु लोहोरूङ, कृष्णपक्ष, इन्दिरा प्रयाश हुनुहुन्थ्यो भने अनेसास इजरायल च्याप्टरका सदस्य सुमन कार्कीद्वारा निकट भविष्यमै रेकर्डिङका लागि तैयार गीत गाएर झरीको चिसो मौसममा इजरायली साहित्यक मनभित्रैबाट तताएर गर्मिलो पार्नुभएको थियो ।
उक्त कार्यक्रमका सभापति अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्वमा कार्यकारी सदस्य दिप्स शाहद्वारा सञ्चालन गरिएको थियो ।
इजरायलमै रहनुभएका विशेष फोटो पत्रकार अर्जुन जैसवालद्वारा उक्त कार्यक्रमका तस्वीरहरू स्मरणयोग्य रहने गरी लिनुभएको थियो ।