कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास वेलायत च्याप्टरको परिचयात्मक कार्यक्रम सम्पन्न




फेब्रुअरी ६ तारीख अाइतबार अन्तराष्ट्रिय नेपाली साहित्य समाज वेलायत च्याप्टरको आयोजनामा त्यहाँस्थित थेम्स एकेडेमी हलमा एक समारोहकाबीच कार्यसमितिका पदाधिकारीहरुलगायत अतिथिहरुका साथमा परिचयात्मक तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

वेलायतका लागि नेपाली राजदुत महामहिम डा. सुरेशचन्द्र चालिसे प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा नेपालबाट पाल्नु भएका कवि विश्वमोहन श्रेष्ठ र बेल्जियमबाट पाल्नुभएका साहित्यकार कृष्ण बजगाँर्इको विशेष अातिथ्यता रहेको थियो । उक्त अवसरमा कवि जगत नवोदितको कृति काँचो मुद्धाको विमोचन पनि गरिएको थियो भने कवि विश्वमोहन श्रेष्ठ र खगेन्द्र पाठकलाई अनेसास वेलायतको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

दिपक कोइराला, निलहरि घिमिरे, हरिसिंह थापा, नारायण भट्टराई, जया राइ, शशी थापा सुब्बा, गोपी कृष्ण बजगाईं तथा डा. रुपक श्रेष्ठ लगायतका व्यक्तित्वहरुको पनि उपस्थिति रहेको सो कार्यक्रममा अनेसास र नेपाली साहित्यका सन्दर्भमा चर्चा परिचर्चा हुनुका साथै उपस्थित सहभागीहरु बाट कविता वाचन पनि गरिएको थियो ।

अनेसास बेलायत च्याप्टरका अध्यक्ष होम परिवागको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन संस्थाकी महासचिव लक्ष्मी रार्इले गर्नुभएको थियो ।