कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अ.ने.सा.स.कोलोराडो च्यापटरद्वारा सरस्वती पूजा तथा कबि गोष्ठी सम्पन्न




आचार्य प्रभा/डेन्भर कोलोराडो

फेब्रुवरी १२ / अ.ने.सा .स.कोलोराडो च्याप्टरद्वारा यही शनिबार फेब्रुवरी १२ तारिखका दिन सरस्वती पूजा सम्पन्न भयो । । कोलोराडोको ब्राइटन स्थित सनातन मन्दिरमा कोलोराडोबासीहरुले बडो श्रद्धा भक्तिका साथ सरस्वती माताको पूजा अर्चना गरी कार्यक्रम सम्पन्न गरे । उक्त कार्यक्रममा कबिता गोष्टी लगायत बालक बालिकाहरुलाई शिशा कलम र खाता पनि प्रदान गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा सभापति तथा अतिथीहरुको आशन ग्रहण गरिएको थियो । आशन ग्रहण गर्नुहुने महानुभावहरुमा सभापति पदम विश्वकर्मा,कथाकार तथा गजलकार मनु ब्राजाकी, अ.ने.सा.स.केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल,समाजसेवी तथा साहित्यानुरागी रमाकान्त अधिकारी हुनुहुन्थ्यो। आशन ग्रहण पस्चात सबै भक्तजनहरुबाट सरस्वती माताको पूजा गरियो।त्यसै क्रममा गायीका सीमा पोख्रेलबाट सरस्वती बन्दना प्रस्तुत गरियो। उक्त कार्यक्रमको संचालन तारा अधिकारीले गर्नु भएको थियो । कार्यक्रम संचालिका तारा अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा रमाकान्त अधिकारी र मनु ब्राजाकी ज्युले बाल बालिकाहरुलाई शिशा कलम र खाता प्रदान गर्नु भएकोथियो । त्यसै क्रममा मन्दिरका पूजारी जीवन बरालले सरस्वती पूजाको महत्व बारे प्रकाश पार्नु भएको थियो भने पुरानी गायीका निर्मला श्रेष्ठले तानपूराको साथमा मीठो भजन पनि प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा आ -आफ्ना रचना बाचन गर्नेहरुमा हरी उप्रेती,गंगा उप्रेती,डा.बिजय राज शर्मा,केशब आचार्य,निर्मल प्याकुरेल,बिजयदेव शर्मा,आचार्य प्रभा,साबु गदाल,नम्रता अधिकारी (आगन्तुक रचना बिसेश्वर के.सी,)ज्ञानेन्द्र गदाल,तारा अधिकारी,पदम विश्वकर्मा हुनुहुन्थ्यो। कार्यक्रममा "प्रकाश श्रेष्ठ साँझ" मा सहयोग गर्नु हुनेहरु र आ-आफ्ना न्रित्य प्रस्तुत गर्नु हुने सबैलाई केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालद्वारा प्रशंसा पत्र प्रदान गरिएको थियो भने सोही क्रममा कोलोराडो च्याप्टरका महा सचिव राजु सिटौलाले सोही च्याप्टरको वेबसाइटबारे जानकारी दिलाउनु भएको थियो भने समाज सेवी रमाकान्त अधिकारीले मन्तब्य दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष पदम विश्वकर्माले सबै आगन्तुक महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रशाद ग्रहण गर्न आग्रह गर्नु भएको थियो । सदा झैं यस कार्यक्रममा पनि बि.आर.टि.नेपालका संस्थापक तथा क्यामरा मेन शैलेस पोख्रेल ज्यु र शास्वत ज्युले आ -आफ्ना अमुल्य समय खर्चेर कार्यक्रमका सारा हिस्सालाई आ आफ्ना क्यामेरामा जतनगरी बिभिन्न मिडियाहरुमा प्रचार प्रसार गर्न सहयोग गर्नु भएको थियो ।

पछिल्लो जानकारी अनुसार अ.ने.सा.स. कोलोराडो च्याप्टरले आफ्नो कार्य समिती बिस्तार गर्नको लागी कार्य समितीको उपाध्यक्ष पदमा कबि तथा गजलकार केशब आचार्य र सदस्य पदमा हरी उप्रेतिलाई राख्ने निर्णय गरेकोछ । यस्का अतिरिक्त सल्लाहाकारहरुमा अ.ने.सा.स. केन्द्रिय अध्यक्ष श्री ज्ञानेन्द्र गदाल,बरिष्ठ साहित्यकार तथा गजलकार मनु ब्राजाकी तथा समाजसेवी रमाकान्त अधिकारीज्युलाई राख्ने निर्णय सर्वसम्मतबाट गरिएको प्रेस बिज्ञप्तिमा जनाएको कुरा जानकारीमा आएको छ ।