कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सुन्तलीको अन्तवार्ता



फेब्रुवरी महिना अन्त्य भैसक्दा लिस्बनमा पनि जाडो सकिएकै छैन। झन आज त पानी पर्ला जस्तो भएर चिसो हावा चलिरहेको छ। यहाँ आज हुने भनिएको अन्र्तवार्ताको तयारीको लागी धेरै नै नेपाली साथीहरुको जमघट र त्यसका कुराकानीले वातावरण भने निकै तातिएको अनुभव भइरहेको छ। हजारौ संख्याको हाराहारीमा बेरोजगारी वृद्धी हुदै गईरहेको यस अवस्थामा एन आर एन र मैत्री संघले रोजगारीको अवसरको सृजना गर्ने भन्ने समाचार आएको झण्डै तिन महिना पछि कृषि सम्बन्धी कार्यको लागि केही जनशक्ति माग गरिएको सुचना प्रकाशित भयो। नेपालीहरुलाई रोजगारीको अवसर भन्दै निकालेको समाचारमा तिन पदको लागी अन्तरवार्ता हुदैछ। तिनजना आवश्यक संख्यामा चालिसौ जनाको दरखास्त परेको छ। को हुन त ति तिनजना भाग्यमानी जसले यूरोपमा पनि आफ्नै नेपालीहरुले संचालन गरेको कृषि सम्बन्धि काम गर्न पाउने। आजको लागी सबैको चासोको विषय बनेको छ। त्यस संस्थामा शेयर राख्नेहरुका आफन्त होलान या निष्पक्ष अन्तरवार्ताको परिणाम देलान त्यो त अन्तरवार्तामा खटिएका टोलिहरुलाई नै थाहा होला।



सधै काम खोजेर थाकिसकेकी सुन्तलीको नजरमा पनि यो सुचना परेर निश्पक्ष परिणाम को आसामा दरखास्त दिइन। भोली अन्तरवार्ता भन्ने दिनमा उनले धेरै ठाँउमा बुझेर त्यस समूहका गन्नेमान्ने मानिसहरु पत्तालगाइ छाडिन। ति मध्ये एकजना उनका गाँउका मामा पनि थि। आफ्नै मामा भएपछि अब सुन्तली झनै ढुक्क थिइन। माम भन्ने शब्द बाट सुरुभएको तोतेबोले, माटोमा तातेताते गर्दै टेकेका खालीखुटा र कृषिप्रधान देशका हामी नेपालीहरुको जीवन शैली, त्यसैमाथि सुन्तली विकट गाउमा खेतीकै सहारामा जीवन यापन गर्दै दुःखले यहा सम्म आएकी र अनुभवका सर्टिफिकेटका नाममा माटोले खिएका उनका हातका औलाहरु हेरेर पनि पत्तालगाउन सकिने थिए। सुन्तलीले सोधेका प्रश्नहरुको उत्तर निडर भएर दिदै गइन। तिन सिटको लागी भनिएको ठाँउमा चालिस जनाको दरखास्त पर्दा त सुन्तलीलाई साच्चै नै यि ठूलाबडाहरुले बेरोजगारीहरुको भिड देख्न खोजेका त होइनन भन्ने लागीरहेको थियो भने थोरै शंका कतै यस ठाँउमा पनि आफ्ना मान्छेहरुका भनसुन चल्ने त होइन भन्ने पनि लाग्यो। उनको मनै मानेन र आमालाई फोन गरेर मामालाई जसरी पनि भनिदिनु भनिन् । रातभरि नै अन्तवार्ताको नतिजा पर्खिरहिन। नतिजा त निस्कीयो तर त्यहा सुन्तलीको नाम आएन । धेरै आस गरेको ठाँउमा नाम नदेख्दा उनलाई धेरै नै नरमाईलो लाग्यो र पनि धैर्य गर्दै बैकल्पिकमा छ कि भन्ने सम्झदै हेरिन । त्यहा पनि उनले आफ्नो नाम भेटाइनन्। मनभरि हुदै मनलागी नलागी मामालाई फोन गरेर आमासंग कुरा भए नभएको बारेमा सोधिन। उनको कुरा नसकिदै उनका मामाले उनले भन्न खोजेका कुराहरु बुझिहाले। भान्जी यसपालीलाई दुःख नमान्नु, यहा म पनि अप्ठेरोमा परे निर्णय आफ्नो पक्षमा पार्न सकिन। मामाका चिप्ला कुराहरु नसकिदै सुन्तलीले फोन काटीदिइन। आफ्नै देशमा धेरै ठाँउमा बैकल्पिक भएकी सुन्तली यहाँ बैकल्पिक सम्मका लागि पनि भनसुन नपुगेको भन्ने सोच्दै आमालाई सम्झीरहिन.......