कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

~अनन्त यात्राको शुरुवात~


म दैव हुँ !
मूर्खहरुको भीडसँग डराउँछु,

हतार हतार उक्लिन्छु।
आलोचनाका भर्यांग चढेर
हाँस्दै हाँस्दै म !
आफ्नै घरको तलामाथि-

किन कि मैले देख्नु छ।
यो पृथ्वीको धरातल-
तिमीले सम्झेको आकाश-
साँझ बिहान जिवन खेल्ने आँगन-
तेसो र म चुपचाप उक्लिन्छु।
माथिल्लो तला
सपनाहरुको खकान बोकेर....

पानको पात नाघेर
सिमारेखा काट्ने घामसंग
म बटुवा-आकशको दुरीमा
केही गुनासो गर्दिन।
समयले अन्वेषणको पर्दा उघारे पछि
पाईला पाईलामा युग बोल्नेछ।

पानको पतबाट तप्किन थालेका
तप्-तप् शीतहरुको रतिरागले
अनुरागको हांगा नभाँच्नु थियो।
अब थूरहरुहरु नै बटुलेर
जिवन बाल्छु यतै कतै-
अनिकाल पोलेर खरानी-खरानी
अकाल सपनाहरुको संरक्षणमा-
सहकाल खोज्ने मूलबाटो कोर्छु।

समय सडकमाथि
चेतना चक्का गुड्छ्।
अब अनन्त यात्राको शुरुवात-
यो विशाल धरातलको छेउ-कुना
इतिहासका नाङ्गो इतिहासहरु खोज्न।