कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी साहित्य संगमको २०११ मार्च अंक सम्पन्न


आचार्य प्रभा/ डेन्भर कोलोराडो (अमेरिका )

मार्च/ २७ /२०११


अ.ने.सा.स कोलोराडो च्याप्टर अन्तर्गत संचालन भइेरहेको कबि गोष्ठी "साहित्य संगम"मार्च अंक हरी अधिकारी तथा मिना पौडेल ज्युको आतिथ्यमा वहाँहरुकै निवास स्थान हेन्डरसन कोलोराडोमा भब्यताको साथ मार्च २६/२०११मा सम्पन्न भयो । उक्त कार्यक्रमको संचालन अ.ने. सा.स.कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्माले गर्नु भएको थियो । सदा झैं कबि गोष्ठीको आकर्षण कथाकार तथा गजलकार श्री मनु ब्राजाकी र अ.ने.सा.स.का केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल हुनुथ्यो ।

कार्यक्रममा रचना पाठ गर्नेहरुमा प्रमिला शर्मा,तारा अधिकारी,कमल भट्टराई,पदम विश्वकर्मा,बिजय राज शर्मा,केशब आचार्य,हरी अधिकारी,बिजयदेव अधिकारी,मीना पौडेल,सुशील सुबेदी,गंगा उप्रेती,बासुदेव खनाल,हरी उप्रेती,ज्ञानेन्द्र गदाल र गजलकार मनु ब्राजाकी हुनुहुन्थ्यो भने आचार्य प्रभाको गजल रचना केशब आचार्यले गर्नु भएको थियो । त्यस्तै गरेर बसन्त गौतमको कबिता राजु सिटौलाले गर्नु भएको थियो। यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउँन डा.बिजयराज शर्माले सुझाव दिनुभएको थियो भने गजल सम्बन्धी जिज्ञासाहरुको बारेमा गजलकार मनु ब्राजाकीले चर्चा गर्नु भएको थियो ।

प्रवासी माटोमा पनि कोलोराडो साहित्य संगमले नेपाली साहित्यको जगेर्ना र बिस्तार गर्न लागि परेको छ र यो यात्रा अनवरत रूपमा चलिरहने आशा सबै साहित्यप्रेमीहरुले गरेका छन् । कार्यक्रमको अन्त्यमा जलपानको पनि ब्यवस्था थियो । यो कार्यक्रमको आयोजना गरेर कोलोराडो साहित्य संगमलाई अझ हौशला दिएकोमा कोलोराडो साहित्य संगम मिना पौडेल र हरिअधिकारी प्रती अनुग्रहित बनेको छ ।