कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

रेगिस्तानमा -टुहुरो बस्तीको कथा








पुर्णिमाको हरेक प्रहरमा जूनको थोरै आभा सापटी लिएर रेगिस्तानको तातो घाममा पोखाईएका केहि शास्त्रिय छन्दका कविताहरुको यौगिकहरुले कलात्मक शिल्प र मित्थकहरुको सुनौलो जलपले श्रृगाएिको खण्डकाव्य हो ूटुहुरो बस्तीको कथाू । कविको सुन्दर कल्पना लेखन शिल्प बिम्बको राम्रो समायोजन र अलंकारको सहि प्रयोग नै खण्डकाव्यका बिशेषता हुन । नौ सर्गमामा रचित यो खण्डकाव्य भित्र बिभिन्न छन्दका शार्दूलबिकि्रडित छन्द मालिनी छन्द इन्द्रबज्रा छन्द स्रगविणी छन्द बसन्ततिलका छन्द शिखरिणी छन्द मन्दाक्रान्त छन्द उपेन्द्रबज्रा छन्द इन्द्रबज्रा छन्द अनुष्टुप छन्द साथै एक गजल र एक संगिनी समेटिएकाछन् । कविले खण्डकाव्यमा आफुलाई धिरोदात्त नायक र कवितालाई काव्यकी नायिकाको रुपमा प्रस्तुत् गर्नु भएकोछ । कवि र कविताको संम्वाद शैली नै यो खण्डको प्रमुख पक्ष र भाव हो । कविता कविको स्फुर्त अन्तरमनबाट प्रस्फुटित सुन्दर कलात्मक र बिम्बीय अलंकारीक अभिब्यक्ति हो । यो कृतिमा कविले कवितालाई आफ्नो सहृदयी अनन्य सखी अथवा स्त्रीको रुपमा प्रस्तुत् गर्नु भएकोछ । देश र जन्मभुमि प्रतिको गहिरो माया र चिन्तालाई उठान गर्नु भएकोछ । कविता लेख्छु भनेर लेखिने कला होईन समय परिस्थीति र मुडमा फुर्ने अलंकारीक एकाध मानिसहरुमा पाइने कला हो कविता लेखन । कवितात्मक शैलीमा प्रस्तुत् गरिएको यो कृतिमा देशप्रेम देशप्रतिको कर्तव्य देशमा भएको प्राकृतिक छटाहरुको बर्णन गरिएको छ । कविताले बिनयी भावमा कविलाई आफु नहुदाको अभाव र पीडाको बारेमा सोध्छिन् । मायाँले कविलाई अंकमाल गछिन् बिचरा कवि भाव विह्वल हुदै आफ्नो बिलौना कवितालाई सुनाउँन थाल्छ । श्रंृगार रस विह्वल रस रौद्र रस सान्त रस विभत्स रस करुण रस वीर रस अद्भुत रस हाँस्य रसहरुको राम्रो प्रयोग गर्न सफल हुनुभएकोछ कवि । आफ्नो देशको हिमाल भरि डाँफे नाँचेको पहाड भरि गुराँस फुलेको तराईका फाँटहरुमा धानका बालाहरु झुलेको हिजोको त्यो सुन्दर दृश्यहरु आज नरहेको जनयुद्धले जनताका छोराछोरीहरु रगतको आहालमा चीर निन्द्रामा सुतेको करुण गाथा कविताको माध्यमद्धारा उद्गार गर्नु भएकोछ । हिजोको त्यो सान्त र हराभरा गाँउ बस्तीहरु आज एकाएक टुहुरो भएको दुखत् तीतो सत्यलाई उठान गर्नु भएको छ ।



भावना र संबेगको तिलिचोमा डुबुल्कि रहेको कविको मनोदशालाई बुझेर कविताले कविको हात सुस्तरी समाउँछे । हार्दिकताका आत्मिय सम्मानजनक मायाँको भेट चढाउँदै बरपिपलको छहारीमा बसाउँछे । धेरै तल फाँटमा खेलिरहेको गोठालाहरुलाई देखाउँछे । पर देउरालीमा आउँदै गरेको भरियाहरुको दुःख बिसाउँछे । यो सबै संसारको नियमलाई अवगत गराए पश्चात् बस्ती टुहुरो हैन तपाईमा भएको मानवीय संबेदना मात्र टुहुरो हो । मानिस कोहि जन्मदै गरिव धनी शोषक या परोकपकारी हुदैनन् । मानिसको कर्मले उस्को भाग्य र नाम निर्धारण गने कुरामा बिश्वस्त पार्छिन् । अति नै सुन्दर र कलात्मक बिम्बका वर्णन गरिएको छन्दमय संम्बादलाई काब्यकारले भाव अलंकार अलंकारीक गरि तेस्रो सर्गमा समेट्नु भएको छ । देशको बिग्रदो आर्थिक अवस्था युवाहरुको बेरोजगारीको बर्बरमय ब्यथाको कारण बिदेशीनुको पीडाबोध पोखिएको छ । यो सबैको जानकारी हुदाहुदै पनि देशका नेताहरु आलिशान मोटर र महलमा बिलाषी जीवनयापन गरेको तथ्यलाई प्रस्ट सँग काव्यीक बयान गर्न चुक्नु भएको छैन कवि । देश शिक्षा र बिकासले ठगिएको यो समयमा देशमा रहेको शिक्षित बर्गहरु शहरमुखी भएको स्वदेशी चेलीहरु बिदेश पलायन भएको बेला कवि कसरी चुप बस्न सक्दछ भन्ने प्रसङ्गमा कविताको आत्मा भक्कानिएर रुन्छ अनि भाव विभोर भएर छताछुल्ल पोखिन्छन् काव्यका पाउ र श्लोक भएर । कवि हुनको पर्यावाची हो गरिवी र दरिद्रता । अरुलाई ज्ञान र दर्शन बाड्नेको चुल्हो जहिल्यै पनि चिसो हुनुको अर्थ हो कवि । राष्ट्र रुँदा कवि रुने मानिसको दःुख र सुखमा साथ दिने कविको अभावमा सान्त्वनाको एक थुङ्गा फुल चढाउँने कोहि शुभेच्छुक हुदैनन् । दिनको समाप्ति सँगै संध्याको आगमनले कविलाई आहत बनाउँछ । लाखौ अनुनय र आग्रहलाई स्वीकार गरि आएकी कवितालाई एक छाक मिठो मसिनो खान दिन नसक्नुको लज्जास्पद र दूरभाग्य अरु के होला बदलिदो समय र आधुनिक युगको सुरुवाद सँगै नेपालमा भएको परिवर्तन प्रजातान्त्रिक अभ्यासका क्रममा भएको दूर्रघटना त्यस दूर्रघटनाले तहस नहस बनाएको गाउँ बस्तीको शोकाकुल आँखाहरुको आँशु कवि र कविताको आँखाबाट रात भरि रुँझि रह्यो । रात जति छिप्पिदै थियो कविको बस्ती त्यति नै उजाड र मानव बिहिन हुदै थियो । चौथो र पाँचौ सर्ग भरि कविले बस्ती टुहुरो हुनुको पीडामोचन पोख्नु भएको छ । काव्यमा करुण रस आएर आँखा रसाउने कुनै बेला बिभत्स रस आएर छाति नै छियाछिया हुने फेरी रौद्र रस र वीर रसले क्रान्तिमा होमिन मन लाग्ने कतै हाँस्य रसले किन्चित हाँस्नु पर्ने जस्ता अलंकारीक बेजोड कथा रहेकोछं ।

प्रभातकालको आगमन सँगै उषाले आफ्नो लालीलाई यो धर्तिमा िफंजाई हरेक बिहानीले एउटा नयाँ युग बोकेर आउँछ । जीवनको अर्काे नयाँ अध्यायको सुरुवाद र सकारात्मक सोचको उदय मान्न सकिन्छ । कवि पनि यहि कुरमा विश्वस्तछन् । यो नयाँ बिहानी सगै टुहुरो बस्तीमा परिवर्तन र खुसीका रेसाहरु सल्बलाउने आसा र भरोसामा कवि दङ्गछ । बस्तीका हरेकले सुखद् जीवनको सपना देख्न पाउने अधिकारबाट पनि बन्चित हुनु परेको यो दयनिय कालखण्डमा अबका दिन सुखत् रहोस भन्ने कामना गर्न पनि कन्जुस्याई गदैनन् कवि । काव्य मार्फत यो खुसीको सन्देशलाई नेपालभरि बाँड्न कवि मेचि देखि महाकाली सम्मको यात्रामा निस्कने आकांक्षा सहित देशमा शान्तिको सन्देस फैलाउने सबैमा बन्धुत्वको भावना जगाउने अठोट लिएर कविले यात्राको थालनी गर्छन् । आफु बसेको बस्तीबाट कवि युगकविको बस्ती हुदै हिमालको जडिबुटिको सुगन्ध लिदै कहिले शिरोमणिको कहिले आदिकविको बस्ती चाहार्दै महाकविको अलकापुरी सम्म पुग्छन् । देशभरिको दयनिय दृश्यलोकन गरेर मुर्छित् भएको कवि जब नारायणघाटको पानी पिउँदै अलकापुरी पुग्छन् । कविले कतै रोल्पा रोई रहेको देखे कतै रुकुम बन्जर भएको भेटे । देश अग्रगामी दिशा तिर जाला भनेर हज्जारौं नेपालीहरुले दिएको बलिदानी कतै भारतले बिस्तारवाद र सँस्कारवादको नाममा मिच्दै गरेको सुस्तातिर ढल्दै गरेको जंगेपिलर सुकाउँदै गरेको टनकपुर तिर नजर पुग्छ । देश हराउँदै र खोज्दै कवि फेरी आहत बन्छ । देशको अस्तीत्व बचाउँन भुगोलको नक्साका नेपालको परिचय जोगाई राख्न अधिकार सम्पन्न कुसर्िमा बसेकाहरुलाई बिन्तिपत्र बुझाउँछन् । सडक र सदनमा कविता लेख्छन् र सबैलाई सुनाउँछन् । अफसोच यो शान्ति र सुरक्षाको कुनै भरपर्दो उपचार नभएको राष्ट्रमा शुसाशन र अग्रगामी नेपालको नक्सा कतै भेट्टाउन सक्दैनन् । अब बस्ती मात्र हैन राष्ट्र नै टुहुरो हुने संकेत देखेर मुक दर्शक बन्नु भन्दा बरु बिरक्तिएर प्रवास भाँसिनु उचित ठानेर कवि टुहुरो बस्तीको कथा छातिमा टाँसेर आँखाभरि बोकेर कुनै अनाम देशको नागरिक बनेर जूनको आभा सँग लुकामारी खेल्दै कविता लेख्न थाल्छन् ।

खण्डकाव्य काव्यीक र संरचनात्मक संगठनले उत्कृष्ट र अव्बल दर्जाको मान्न सकिन्छ । कविले लोपउन्मुख शास्त्रिय छन्दहरुलाई फेरी एक पटक मलजल गरेर दर्विलो बनाउँनु भएको छ । गद्य कविताको भिडमा पद्य कविताको साथ कवि निख्खर र झर्रो भएर उभिन सक्नु वहाँको अर्को चुनौति हो । छन्दमा कहिकतै खोट लगाउँने ठाउँ छैन । अलंकार र विम्बको अतिनै सुन्दर प्रयोग । नौ रसहरुलाईलाई एउटै काव्यमा अन्त्य सम्म बाँध्न सफल हुनु कवि र कृतिको सर्वोत्तम बिषेशता हो । सबै भन्दा सवल पक्ष खण्डकाव्यको विषयबस्तु हो । देशले भर्रखरै मात्र सामना गरेको ऐतिहासीक जनआन्दोलन माथि यति गतिलो खण्डकाव्य सायद यहि नै पहिलो हुनसक्छ । यसलाई गतिलो चलचित्र बनाउँन सकिने संम्भावनाहरु छन् । तर चलचित्रले यो काव्यको गरिमालाई बचाउँन सक्छ या सक्दैन त्यो भने सोच्नै पर्ने कुरा हो । राष्ट्रमा भएको बिखण्डित संम्भावना गाउँ बस्तीहरुमा कष्टकर जीवन व्यतित् गरेका जनजीवनहरुलाई दर्पणमा आकृति उतारे जस्तै छर्लङ्ग उतार्न सफल भएकाछन् कृतिकार । यति हुदाहुदै पनि खण्डकाव्यमा केहि कमिकमजोरी भएकाछन् । सामान्यतया २५० श्लोक यानेकी १००० पाउ हुनुपर्ने मान्यता भए पनि २४१ श्लोक ९६४ पाउ मात्र यो खण्डकाव्यमा रचिएकाछन् । खण्डकाव्यमा ४ वा त्यो भन्दा धेरै पात्र वा चरित्रहरु हुनुपर्ने काव्यविद्हरु बताउँछन् । यस खण्डकाव्यमा कवि र कविता २ पात्र प्रमुख छन् बाँकि गोठाला र भरिया एकाध ठाउँमा मात्र भेट्टाउँन सकिन्छ त्यो पनि गौण चरित्रको रुपमा यहाँनिर कवि निक्कै चुकेकाछन् । बिषयबस्तु यति बृहत छ की यो खण्डकाव्यमा अरु धेरै चरित्रहरु अट्टाउँने प्रशस्त ठाउँहरुछन् । हुनत आत्मपरक भावमा लेखिएको खण्डकाव्य भएर पनि होला कविले पुरै काव्यलाई आफु र कविताको वरीपरी मात्र घुमाउँनु भएको छ ।



"टुहुरो बस्तीको कथा" भित्रका छन्दहरुको चिरफार

रेगिस्तानमा पहिलो पटक गुराँस फुलेको छ साहित्यको । जुनेली रातमा आकाशबाट लामपुच्छ्रे तारा खसेको छ नेपाली साहित्यको । कवि बद्रीप्रसाद पराजुलीको खण्डकाव्य टुहूरो बस्तीको कथा भएर । अब यो खण्डकाव्य भित्र रहेको छन्दहरुको प्रकार र परिभाषा केलाउन गईरहेको छु । छन्द सिक्न चाहने र रुचाउने नव कवि र कवयत्रीहरुलाई उपयोगी होला भन्ने मैले आशा लिएको छु । कविताको परिभाषा दिन सक्ने क्षमता ममा पक्कै छैन तर पनि मैले अगाडिको अंकमा नै उप्काई सकेको हुनाले आज मात्र छन्द सँग सम्बन्धीत जानकारी गराउन गई रहेको छु । छन्द ज्ञान हुनलाई निम्न कुराहरुको जानकारी हुन जरुरी हुन्छ ।

मात्रा- ध्वनीको वा अक्षरहरुको उच्चारण गर्दा लाग्ने समयको नापलाई मात्रा भनिन्छ । मात्रा दुई प्रकारको हुन्छ । छन्दमा ह्रश्ववर्णको एक मात्रा र दीर्घवर्णको दुई मात्रा हुन्छ । ह्रश्व मात्राको उच्चारण गर्दा जति समय लाग्ने गर्दछ दीर्घ मात्राको उच्चारणमा त्यसको दोब्बर समय लाग्ने गर्दछ ।

लघु मात्रा- ह्रश्ववर्णको उच्चारण गर्दा हुने समयको भारलाई लघु मात्रा भनिन्छ । यो एक मात्राको हुने गर्छ जस्लाई छन्द लेखनमा चिन्ह -।

गुरु मात्रा- दीर्घवर्णको उच्चारण गर्दा हुने समयको भारलाई लघु मात्रा भनिन्छ । यो दुई मात्राको हुने गर्छ जस्लाई छन्द लेखनमा चिन्ह "ऽ"

गण- गण भनेको तीन वटा स्वरा स्वर अथवा तीन मात्राको समूह हो । यो जम्मा आठ किसिमको हुन्छ । यसलाई संक्षिप्तमा यमाताराजभानसलगा पनि भन्ने गरिन्छ ।

यगण ।ऽऽ यमाता
मगण ऽऽऽ मातारा
तगण ऽऽ। त्ााराज
रगण ऽ।ऽ राजभा
जगण ।ऽ। जभान
भगण ऽ॥ भानस
नगण ।।। नसल
सगण ॥ऽ सलगा

शार्दूलविकि्रडित छन्द- एक मगण एक सगण एक जगण फेरि एक सगण दुई तगण एक गुरु गरि जम्मा उन्नाईस अक्षर बाह्र अक्षर र सात अक्षरमा बिश्राम गरिने छन्दलाई शार्दूलबिकि्रडित छन्द भनिन्छ ।

ऽऽऽ ॥ऽ ।ऽ। ॥ऽ ॥ऽ ॥ऽ ऽ

एक् दिन् ता कविजी विरक्त हुन गै ढल्के पलङ्मा अनी
लागे हारगुहार गर्न कविता लौलौ कहाँ छौ भनी
मन्मा छट्पट भै बडा बिरहले कल्पेर नानाथरी
मानौ की कविता विहिन कविजी हुन्छन् मरेकै सरी ॥१॥

मालिनी छन्द- दुई नगण एक मगण र दुइ यगण गरि १५ अक्षर वा मात्राका भएको आठ र सातमा रोकिने छन्दलाई मालिनी छन्द भनिन्छ ।

।।। ।।। ऽऽऽ ।ऽऽ ।ऽऽ

जबजब महँगीले उँच पाहाड् छुँदैछन
तबतब घर गाउष धूरु धूरु रुँदैछन
जतिजति जनसङ्ख्या धेर हुँदैछ यहाँ
उतिउति सुख शान्ती दूर भो देशमहाँ ॥४१॥

इन्द्रबज्रा छन्द- दुई तगण एक जगण र दुई गुरु गरि एघार मात्राको छन्द ।

ऽऽ। ऽऽ। ।ऽ। ऽऽ

टाठा र बाठाहरुकै जमाना
निर्धा निमूखा उनकै खजना
चन्दा उठाए रुपियाँ कमाए
बीकास बाजा मुखल्यै बजाए ॥४७॥

स्रगविणी छन्द- चार वटा रगणको समुह बाह्र अक्षरमा बिश्राम गरिने छन्द ।

ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ

बाघ चर्मले छोपिँदैछन् गधा
नामझैं कामको छैन है व्यस्तता
रँगिला जँगिला भाषणै गर्दछन्
शब्दका मन्त्रले को भँुडी भर्दछन् ॥७०॥

बसन्ततिलका छन्द- एक तगण एक भगण दुई जगण र दुई गुरु गरि चौध अक्षर भएको छन्दलाई बसन्ततिलका छन्द भनिन्छ ।

ऽऽ। ऽ॥ ।ऽ। ।ऽ। ऽऽ

भन्छीन् हजूर अब रात्भरि के छ काम
सुन्छु म त्योहि दुःखको कहानि तमाम
आत्मै रसाइ कविताभरि पूर्ण पारी
हुन्छन् सुनाउन कथा कविजी तयारी ॥९०॥

शिखरिणी छन्द- एक यगण एक मगण एक नगण एक सगण एक भगण र एक लघु एक गुरु भएको छ अक्षर र एघार अक्षरमा बिश्राम हुने जम्मा १७ अक्षर अथवा मात्राको छन्द ।

।ऽऽ ऽऽऽ ।।। ॥ऽ ऽ॥ ऽ।

कहाँबाटै आयो नरबलि दिने सैन्ये दल यो
पवित्रै कर्णाली तटभरि रगतै रगत भो
खुकूरी औ भाला छुरिसँगसँगै बन्दुक चले
दँयेरे गोठाला अझ यि भरिया दर्जन ढले ॥११४॥

मन्दाक्रान्त छन्द- एक मगण एक भगण एक नगण दुई तगण दुई गुरु भएको चार छ र सातमा बिश्राम गरिने जम्मा १७ मात्राको छन्द ।

ऽऽऽ ऽ॥ ॥ऽ ऽऽ। ऽऽ। ऽऽ

कोसी भन्छीन् मउपर अझै पुल साँघु लगाऊ
वारी पारी गर मकनता उन्नतीले सजाऊ
ट्याम्के डाँडा अरुण नदिमा भावको स्नान गर्छन्
लौ नेपाली दल समरमैै भाई पुूटेर मर्छन् ॥१३७॥

उपेन्द्रबज्रा छन्द- पहिलो पाउमा एक जगण एक तगण एक जगण र दुई गुरु गरि एघार अक्षरको छन्द ।
इन्द्रबज्रा छन्द- दुई तगण एक जगण र दुई गुरु गरि जम्मा एघार अक्षरको छन्द ।

।ऽ। ऽऽ। ।ऽ। ऽऽ

नेपाल आमा नरुनू अ आज

ऽऽ। ऽऽ। ।ऽ। ऽऽ

बढ्ला अगाडी अब यो समाज

।ऽ। ऽऽ। ।ऽ। ऽऽ

ईश्वर साक्षी छन येहि माटो

ऽऽ। ऽऽ। ।ऽ। ऽऽ

यूगौँ अजम्बर छ अखण्डताको ॥१५८॥

अनुष्टुप छन्द- यस छन्दका बिभिन्न उपछन्दहरु हुन्छन् । पाँचौ र छैंटौ दुई बर्ण लघु र गुरु क्रमै सँग पहिलो र तेस्रोमा गुरु र दोस्रो र चौथोमा लघु आठ अक्षरे खुट्टा भएको छन्द ।

दलेका छन् किरीम पाउड्र
खोटोझैं अनुहारमा
भालुका जगल्टा जस्तो
केके लेप कपालमा ॥२०७॥

भोजपुर जिल्लाको चरम्बीमा २०२१ असारमा जन्मनु भएका कवि बद्रीप्रसाद पराजुलीको यो चौथो कृति हो । बैदेशीक रोजगारको शिलशिलामा हाल कतारमा कार्यरत कवि दोहाको कवि मध्ये अग्रणी पंक्तिमा हुनुहुन्छ । यो कृतिलाई कृष्ण क्षितिज राई र भोजराज दाहाल क्याक्टसले प्रकाशन गर्नु भएको छ । संखुवासभाको खराङ्गमा २०४० सालमा जन्मनु भएका कृष्ण क्षितिज राई हाल मोरङ्गको इटहरामा स्थाई बसोवास गर्नुहुन्छ । वहाँ पनि कतारमा नै कार्यरत हुनुहुन्छ । क्षितिजले कलिलै उमेरमा सायदश्री राईको उपन्यास "दश रुपैंया चारआना" समुहगत गजल संग्रह "मरुभूमीको साहित्यिक यात्रा" र यो टुहुरो बस्तीको कथा गरि तेस्रो कृति प्रकाशनमा ल्याई सक्नु भएको छ । विप्लव ढकालको भूमिका ७१२ पेजको खण्डकाव्य शुभदृष्टि छापाखानाले मुद्रण गरेको छ भने आवरणकला रवि बस्नेतको रहेकोछ । प्रथम संस्करण २०६७ कार्तिक १००१ प्रति नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतारले कतारको लागि बजार व्यवस्थापनको जिम्मा लिएको छ ।

-तीर्थ संगम राई
नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतार ।