कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास यूएई च्याप्टरले साहित्य दिवस तथा पारिजात स्मृति दिवस मनाउने


 



विरही रिजाल,

अबुधाबी, २५ मार्च २०११

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूएई च्याप्टरले आगामी २२ अप्रिल २०११ शुक्रवारका दिन अनेसास यूएई साहित्य दिवस तथा पारिजात स्मृति दिवस संयुक्त रुपमा एक समारोहका बीच भव्यताका साथ मनाउने बताएको छ । यूएईमा सर्वप्रथम नेपाली साहित्यको वीजारोपण भएको दिनको स्मरण गर्न र पारिजातको स्मृति दिवस एकैसाथ मनाउने र अप्रतियोगितात्मक साहित्यिक गोष्ठी गरिइने कुरा च्याप्टरका अध्यक्ष समदर्शी काइँलाले बताए

अध्यक्ष काइँला अगाडि भन्छन, "हामीले थोरै कार्यक्रम दिन्छौं तर प्रभावकारी र अर्थपूर्ण दिन्छौं
यसपटकको साहित्य दिवसमा पनि भिन्नै रौनकता ल्याउने कार्यक्रम रहेको र प्रसिद्ध उपन्यासकार तथा नेपाली साहित्यिक स्रष्टा पारिजातको सम्झना गर्दै यूएईमा साहित्यक गोष्ठी गर्नु हामी सबैको गौरवको कुरा हो

दुबईको सागर रेष्टुरेन्टमा दिनको ठीक ३:०० बजेदेखि शुरु हुने भनिएको सो कार्यक्रममा लघुकथा र चिट्ठी साहित्य मात्र प्रस्तुत गरिइनेछ
यस पटकको कार्यक्रममा लघुकथा र चिट्ठी साहित्यलाई महत्त्व दिइएकोले साहित्यकारहरुले लघुकथा र चिट्ठीको आकार २०० शब्दमा या अधिकतम दुई पेजमा नबढाईकन पठाउनुपर्ने र गालीगलौज तथा व्यक्तिगत मानहानि हुनेखालका रचनाहरुलाई प्राथमिकता नदिइने पनि बताइएको छ

यसको अलावा लघुकथा र चिट्ठी चपेटा बाहेक समय रहेको खण्डमा बहुल साहित्यलाई पनि स्थान दिइने कुराको जानकारी दिदै अध्यक्ष काइँलाले सर्जकहरुका रचनाहरु आगामी २०११ अप्रिल १५ शुक्रवारसम्म अनेसास यूएईको ई-ठेगाना inlsuae@gmail.com या inlsuae@yahoo.com अनिवार्य आइपुग्नुपर्ने पनि उनले बताए

स्मरण रहोस् की यस संस्थाले विभिन्न अवसर पारेर प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक रुपमा यूएईव्यापी गज़ल मुशायारा र कविता गोष्ठीहरू सम्पन्न गरिसकेको छ