कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अस्वस्थ्य देश

कुनै वेला मैले पढ्याथ्ये
स्कुले पाठ्यक्रममा
- क्लास पास गर्नको लागि !
(मेरो -ज्ञानको लागि पढ्ने हुत्ति नै कहा छ र !)
स्वास्थ्य व्यक्तिमा हुनु पर्ने गुणहरु भनेर
सन्चो हुनु
चिन्ताबाट मुक्त हुनु
अरुसंग मिलेर बस्नु
भोक लाग्नु तथा निन्द्रा पर्नु
हसिलो हुनु तथा खुसि देखिनु
आत्मविश्वास र आत्मनियन्त्रण हुनु
स्वस्थ चिन्तन गर्न सक्नु
सहयोगको भावना हुनु
आदि आदि !!
----------
अह ! आज !!
म यी सब गुणहरु
मेरो देशमा भए जस्तो त लाग्दैन !
मंटेस्क्यु लाइ आदर्श मान्नेहरु
आज वेवास्था गर्दैछन
उनकै 
शक्ति पृथकीकरणको सिदान्त लाइ !
जिन ज्याक्स रुसो
तिम्रा सिदान्तले पनि फेल खादैछ
विशेष गरि -मेरो देशमा !
कुनै पनि वाद र गुटमा
सामजस्यता छैन !
हुन् त ती औठा छापमा
देश चलाउनेहरु लाइ के थाह ?
ज्याक्स रुसो
को हुन् भनेर !
---------
मैले नि पढेको भए
भन्दिने थे
ज्याक्स रुसो
हाम्रा बाउ कि हजुर बाउ भनेर !
सानो मुख
धेर बोल्न हुन्न भन्छन
नत्र भन्दिने थ्ये - यो देशमा
सामाजिक सम्झौता कसरि गर्नु पर्छ भनेर !
.......
अवस्था यस्तो छ
प्रजान्त्रको बखान गरेर
कहिल्यै नथाक्ने म -
भोल्टाएरको शब्दमा भन्नु पर्ने भा'
'म -सयौ मुसाहरु द्रारा भन्दा
एउटा सिंहद्रारा शासित हुन् चाहन्छु !'
विश्वमा अनुपम रहेको छ
मेरो देश !
यदि डेनिस दीदरो
आज पनि जिउदा रहेका थिए भने
उनलाई म भन्ने थिए
नेपाललाई
एनसाइक्लोपेडीयामा लेखेर राख
अनि सर हुघ लाइ गिनिज बुकमा !!