कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कविता~ म मुर्ख हुँ

भब्य रंगमंचमा
दार्शनिक बिद्वान् हरुसँग
उत्तर आधुनिकताको बहस
अनी त्यो रात
मेरो प्रयोगधर्मी आकाशमा
सुर्योदय भएन ।
त्यसैले आत्माबोध गर्दैछु
म मुर्ख हुँ ।।

काल्पनिक दर्शनको सिमा रेखा भित्र
प्रतिस्थापित मुटु हरु
"उल्टो-सुल्टो" को नारा घन्काउदा
आगोमा जल्नु र पानीमा बग्नुको
मेरो रुन्चे वास्तबिकताको तर्क
"हिमाल नचड्ने कोशी "
सुनुवाई भएन ।
त्यसैले आत्माबोध गर्दैछु
म मुर्ख हुँ ।।

अस्विक्रित अस्तित्व बोकेर
प्रकृतिसँग पौठेजोरि खेली
आगोसँग जिस्कदै छन्
उजेली कहाँ छ?
दर्शनको सुर्य कहीले उदाउछ ?
कस्ले गर्छ प्रत्यारोपण मुटु ........
हजारौं बेदनामा नचिरिएका छाती भित्र
आदर्शहरु खाली अक्षरका खेती हुन्छन
तर म बीज्ञानका सुत्रझै प्रमाणित गर्न खोज्छु
त्यसैले आत्माबोध गर्दै छु
म मुर्ख हुँ ।।

बाँच र बचाउ हैन
केबल बचाउका नीम्ति
रातमा आउने सुर्यको आश नगरी
कोशी लाई धावा बोल्दै
हिमाल चड्न खोज्नु
त्यो नभेटिने सञ्जिवनीका नीम्ति
यो विद्वानहरुको समाजमा
आगो पिउनु मात्र रहेछ
दर्शन र जीवन दाज्नु सपना रहेछ
वास्तविकता त पागल हुनु रहेछ
जानाजान बौलाउन खोज्ने म भित्र
मुर्खताको भन्डार छ ..........
त्यसैले आत्मा बोध गर्दै छु
म मुर्ख हुँ ।
साँच्चै मुर्ख हुँ ।।
मुर्ख हुँ ।
मुर्ख ।।

सरोज थापा
शन्खुवा सभा
हाल, दोहा, कतार ।



.