कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जिवन्त(कविता)


             कल्पना  अवस्थी
     awasthi44@gmail.com 
     toronto , canada

सुनौलो दिनको आशामा
नयाँ बिहानी देख्ने रहर संगै
घामपानी सहेर
पसिनाको धार बगाउँदै
च्यात्तिएको फरिया र चोलो टाल्दै
घास र दाँउराको भारी बोकी
वर्षायामको जाडो
चैतमासको हुरी
साउनको झरी
बैशाख जेठको गर्मी
कठै बरा
खुट्टामा लगाउन चप्पल समेत छैन
एउटा हाथमा नाम्लो र डोको संगै
देउरालीको उकालो
गैरी खेतको ओराली
कति सपना सजिएका थिएँ त्यहाँ
धेरै कुराको अभावहरु हुँदा पनि
आशाको दियो बालेर
केही हुने विश्वासको साथ
पसिना पोखि राखेको माटोमा
दैबले पनि
कति दुःख दिन्छ
कहिले खडेरी दिन्छ
कहिले भलपानी
दुई हात जोड्न पनि धौ धौ
त्यही माथी अर्केा बज्रापात
साहुको रिन
छोरा छोरीको पढाई
उन्को उज्जवल भविष्यको लागि
त्यही रिनको भारी विसाउन अझै रिन लिदै
परदेशी भुमिमा
त्यहाँको बेग्लै संसार
अनि झन् धेरै दुखहरु
परिवार संग टाढिनुको पीडा
कामको टुंगो छैन
नेपालको घर खेत पनि
साहुको रिनले सकिन्न लाग्यो
आफ्नै बास बन्धकी राखी नयाँ सपनाको खोजिमा
परिवारलाई केही राहत हुन्छ कि भन्दै
विदेशीने लाखौं युवाशक्ति
कठोर नियत्तिले
परिवारको मुहारमा खुशीको साँटो झन् धेरै आँसु दिएँ
नयाँ जिवनको साटोमा मृत्यु बाढेर