आचार्य प्रभा/ डेन्भर कोलोराडो
अप्रिल ३०/नियमित रूपमा संचालन हुँदै आइेरहेको "कोलोराडो साहित्य सँगम"कबि गोष्ठी कार्यक्रम कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्मा तथा श्रीमती कमला विश्वकर्माको आतिथ्यमा वहाँहरुकै निवास स्थानमा अप्रिल २९२०११ शनिबारको दिन सफल्तापूर्वक सम्पन्न भयो । कार्यक्राममा सदा झैँ बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकी र नेपालबाट भर्खरै आउनु भएका अर्का बरिष्ठ साहित्यकार तथा कबि शैलेन्द्र साकारको उपस्थितिले कार्यक्रमलाई अझ रौनकता बढाएको थियो । कार्यक्रम संचालन अध्यक्ष पदम विश्वकर्मा ज्युले गर्नु भएको थियो ।
उक्त गोष्ठीमा आ-आफ्ना रचना पाठ गर्नु हुनेहरुमा मनु ब्राजाकी,शैलेन्द्र साकार,कुमार जंग कार्की,निर्मल प्याकुरेल,ज्ञानेन्द्र गदाल,आचार्य प्रभा,श्याम श्रेष्ठ,साबु गदाल कार्की,राजु सिटौला,भिष्म प्रधान,मिना पौडेल,सुशिल सुबेदी,पदम विश्वकर्मा हुनुहुन्थ्यो। उक्त कबिता बाचनमा आगन्तुक कबिता र गजल श्री केशब आचार्य, र राधेश्याम लेकालीका गरिएका थिए। उक्त कार्यक्रममा रचना श्रवण गर्नुहुने हरुमा राजेन्द्र बस्नेत,शरद आचार्य,बेत्रा के.सी,गजेन्द्र बहादुर के.सी,प्रीती आचार्य,नीती आचार्य,सहारा कार्की,कमला विश्वकर्मा,भगवान लाल श्रेष्ठ,बिमला श्रेष्ठ,शास्वत पौडेल,नम्रता अधिकारी पोख्रेलको उपस्थिती रहेको थियो।
यो कार्यक्रमलाई सदा झैँ तस्बिरहरु लिएर वा छाँयांकन गरेर सहयोग गर्नु हुनेहरुमा श्री शैलेस पोख्रेल र रबी कार्की हुनुहुन्थ्यो । यो पटक पनि सदा झैँ बडो उल्लासमयका साथ कबिगोष्ठी सम्पन्न भयो । कार्यक्रमको अन्त्यमा चिया चमेनाको बन्दोबस्त पनि गरिएको थियो। उक्त कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु भएकोमा उपस्थित सबैले पदम बिश्वकर्मा र कमला विश्वकर्मालाई धन्यबाद ज्ञापन गरेका थिए ।
गतिविधि
साहित्यिक गोष्ठी
अ.ने.सा.स. कोलोराडो च्याप्टरको नियमित मासिक कबि गोष्ठी साहित्य सँगमको अप्रिल महिनाको कार्यक्रम सफल्ता पूर्वक सम्पन्न


अ.ने.सा.स. कोलोराडो च्याप्टरको नियमित मासिक कबि गोष्ठी साहित्य सँगमको अप्रिल महिनाको कार्यक्रम सफल्ता पूर्वक सम्पन्न
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि