कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बधाइ छ बधाइ



दाजु गुरूङ


भरखरै सुने गतिलो निणर्ंय लिनु भएछ
अनिकालमा राशन पाए जस्तो
काकाकुललाइ पानीको वर्षा भए जस्तो
गाइ जात्रे नाटकमा नया श्रृखलाहरु थप्नलाइ
मध्य रात नै किन पर्खन नपरोस
आखिरमा गरेरै छाड्नु भो
लोभि पापीमा पुन मिलाएर वाड्नु भो
चलिआएको परम्परालाइ कायमै राख्नु भो
धन्य छ धन्य यहाको लगनशिलतालाइ ।
भन्छन् एकलै नखानु वाडेर खानु
चोरेर नखानु वरु मागेर खानु
क्यावात आपसमा वाडेर खाने वुद्धिलाइ
दिनमा नै तारा देखाउने खाने सुद्धिलाइ
नाटकेलाइ वधाइ छ लोृभी पापीलाइ स्वागत छ
काले काले मिलेर खाउ भालेको वधाइ छ ।

भरखरै छापाहरुमा पढेगतिलो स्मरणियवाणी वोल्नु भएछ ७
कतै पोलपेाट पो होकी जस्तो
हतियारको सिरानीमा मस्त निदाउने तालिवान जस्तो
ज्यानहरुमा फलाम साट्ने
रगत स८ग वारुद भाज्ने
हिज पनि मात्नु भो
आज पनि मात्नु भो
यो वान्दुके नशाको धङधङीले कहिले नछाडने भो
धन्य छ धन्य यहाको आर्दशलाइ ।

आहानै छ हण्डीमा सातु छ भने मूसा नाच्छन रे
भदौमा आखा फुटेको डिङगो सधै हरियो देख्छन रे
के वोलौ र फलामे वुद्धिलाइ
के भनौ र रगत स८ग वारुद साटने सुद्धिलाइ
फलामे सलाम छ वारदे सलाम छ ।
फलाम जस्तै वारुद जस्तै कालो सलाम छ ।
भरखरै देखे प्रशन्न मुद्रामा छाती खोलेर साक्षी बस्नु भएछ
कतै रोटी जोख्ने तराजु बोकेको वादर पो हो की जस्तो
पशुपतिको साँढेलाइ श्यालले पो पछ्याइ रा छ की जस्तौ
लडड् पाए नाइटो फर्केको थाहा नपाउने
सिन्को नभाच्ने अरुलाइ पनि गरि खान नदिने
हिज पनि डाट्नु भो
आज पनि डाट्नु भो
यो जनतालाइ ठगी खाने प्रवृति कहिले नहटने भो
धन्य छ धन्य यहाको परम्परालाइ ।

भन्ने गर्छन अल्छे तिघ्रो स्वादे जिव्रो काम लाग्दैन रे
अरुको शिकारमा पल्केकाले आफू शिकार गर्दैन रे
के बोलौ र वादरे वुद्धिलाइ
के भनौ र छेपारे सुद्धिलाइ
वाँदरे दर्शन छ छेपारै जदौ छ ।
बाँदरे जस्तै छेपारे जस्तै दर्शन जदौ राम राम छ ।
भन्न मन लागेको छ यहालाइ पनि क्यावात छ
भन्न कर लागेको छ वहालाइ पनि धन्यवाद छ ।
के गर्ने लोभी पापी आए पनि नमस्ते छ ।
बन्दुके आए पनि सलाम छ ।
छेपारे आए पनि जय राम छ ।
किन की हामी दिन मात्र जान्दछौ
त्यसैले हामीलाइ पनि वधाइ छ वधाइ ।

dajuup@yahoo.com