कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल

 
गजल



नजिकै खोजेँ टाढा पो हजुर
अब त दुःख नदिए भो हजुर

हृदय भित्र साँचेकै थिएँ
कि चिरी देखाउँ छाती यो हजुर

अँधेरी रातमा शीतल दिने
ताराकै बीच चन्द्र हो हजुर

कसरी आफ्नो बनाउँ मैले
कोशिष लाख खेर गो हजुर

विवश सधै खोज्दैछ समीप
बुझ्नै पो गाह्रो मन त्यो हजुर

हरि मानन्धर "विवश"