कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दुर्गालाललाई ‘भानु सूर्योदय स्रष्टा सम्मान’



४ साउन, काठमाडौं । कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई यस वर्षको ‘भानु सूर्योदय स्रष्टा सम्मान’ प्रदान गरिएको छ ।

डिल्लीबजारस्थित सूर्योदय आवासीय माविको रजत महोत्वसको समापनका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला र शिक्षासचिव शङ्करप्रसाद पाण्डेले संयुक्तरुपमा श्रेष्ठलाई सम्मानित गर्नुभयो ।

नेपाली र नेपाल भाषाका माध्यमबाट भाषा साहित्यको श्रीवृद्धि तथा राष्ट्रियताको भावना जागृत गर्ने किसिमका रचना सिर्जना गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान प्रदान गरिएको हो ।

सम्मानको राशि नगद रु. १५ हजार रहेको छ ।