कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नयाँ नेपाल,नयाँ सोच

नयाँ नेपाल,नयाँ सोच



ल्याउनु प्रजातन्त्र किन यहाँ ?
यदी मर्नु नै छ भने सोझो जनता
स्वदेश होइन,बिदेश तिरै लाग्छ
यो रोइरहेको मेरो मन त !!!

राजनिती गर साथी हो
कुटनिती अनी हिंन्सातिर होइन
ल्याउनु छ नयाँ युबा सन्देश
पुराना मन्त्रीहरु होइन !!!

धिक्कार छ नेपाल आमा तिमीलाई
यस्तो सन्तान किन जन्मायौ
मुस्कुराइ रहेको सेतो हिमाललाई
किन रगताम्मे बनायौ !!!

आहा !! यस्तै हो भने पुकार्नु छैन हामीले
प्रजातन्त्र अनि शान्तिको देश भनी
बनाउनु छ नयाँ स्वच्छ नेपाल
एक जुट हौँ सबै नेपाली हामी !!!

जाङ्बु शेर्पा
ओरेगोन, यू एस् ए