कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सत्यकथा-लक्की सेभेन (७) फापेन




मलाइ लक्की सेभेन (७) फापेन

(संस्मरण सत्यकथा)

नेपालमा १४ अन्चल र ७५ जिल्लाहरू छन् भन्ने कुरा हामी नेपालीहरूलाइ सर्बबिधित नै छ । यिनै ७५ जिल्ला मध्ये सप्तरी जिल्लाकॊ सप्तपॊखरी गा.बि.स वडा नं ०मा मैले २०३ साल ० महिना १ गते शनिबारकै दिन जन्म लिएकॊ हुँ अनि ब्राम्हणाद्वार न्वारनमा नाम समेत सप्तकुमारी नै जुरेछ र बाउ,आमाले पनि पछि स्कुलमा यहि नाम राखेर भर्ना गरीदिनुभएछ । गाँउमा स्कुल नजिकै नभएकाले घरदेखि टाढा लगभग कि.मी. दुरीमा साइकलमा स्कुल पढ्न जानुपर्थ्यॊ र पढाइकैक्रममा कक्षा ६ बाट मा चढ्न मलाइ तिन बर्ष लाग्यॊ,कहिले २०४६ सालकॊ जन आन्दॊलन ,कहिले बाढीपीडीत आउने त कहिले के ,कहिले के बिबिध घरायसी समस्या अन्ततः पढाइलाइ त्यहि बिट मारेर २०४ सालमा म काठमाण्डु स्थित एकजना टाढाकॊ नातेदारकॊ ,धनि ब्यक्तीका घरमा भाडा माझ्ने (कान्छी) कामकॊ लागी प्रस्थान गरेँ यसरी दिनरात ति साहुका घरमा कामगर्ने र नक्साल स्थित नन्दि रात्रि स्कुलमा रात्रि कक्षामा पढ्ने तिब्र इच्छा मैले साहु जी लाइ अनुरॊध गरेँ। केहि बर्षपछि सिधै ९ कक्षामा भर्ना गरीदिए तर त्यतिखेर जिल्लास्तरीय कक्षा ८ पास नभएकाहरूलाइ सिधै ९ कक्षामा भर्ना हुने नियम रहेनछ तैपनि ‘नेपालका कानून दैबले जानून् ’ भने झैँ ठूला बडाका सॊर्सफॊर्सक कारण म ७ कक्षा नै पास नभएकॊ भएतापनि जसरी नि ९ मा नै भर्ना भएरै छाडेँ , बल्ल मैले आफ्ना गरीबी र बिबिध समस्यका कारणहरूले गर्दा अधुरै छाडेकॊ पढ्ने तिब्र इच्छालाइ सुचारू गर्न पाएँ यसरी दिनभर साहुका भाडा माझेर रातभर पढरे १७ बर्षका उमेरमा मैले प्रथम श्रेणीम एस.एल.सी. परीक्षा उत्रिर्ण गरेँ । यसपल्ट सप्तरी जिल्लाबासि मध्येमै महिला छात्रामा प्रथम श्रेणीमा पास हुनै म मात्रै थिएँ तसर्थ गाँउ फर्केर अबीर जात्रामा सहभागी हुन गाँउबासी र अभिभाबहरूबाट निमन्त्रणा पाएँ ,यता साहुका घरमा टन्न काम र तलब थॊरै मात्र पाँउथे अतः मैले केहि शीक्षा हासिल गरेकाले मेरा पारीवार र भबिश्यलाइ केहि भएपनि उथ्थान गर्ने र उच्च शिक्षा हासिल बिचारले पी.के. कलेज,बागबजारमा पढ्ने र बागबजारकै एउटा रेष्टुरेन्टमा रात्री वेटरकॊ रूपमा काम गर्ने निर्णय गरी उक्त साहुसंग बिदा मागे साथै ति साहुले पनि ७ हजार रूपैयाँ मेरा हातमा बक्सीस स्वरूप थमाउँदै मलाइ भन्याथे , हेर केटी,तँ साह्रै मेहनेति छेस र तैले एकदिन धेरै प्रगती गर्नुपर्छ तसर्थ तैले आजसम्म गरेका कामले हामी प्रशन्न थियौ अनि जीबनमा सतमार्ग , बिश्वास र आँट जीबनलाइ सफल बनाउने मूलमन्त्र पनि हॊ, यी कुराहरूलाइ सदैब सम्झना राखेस । मैले नि हस हजूर भन्दै लगेज बाधेँर बागबाजार नजिकै एउटा डेरा लिएर बस्न थालेँ , यता पढाइ र काम पनि साथसाथै अगाडी बढाउदै लगेँ फेरी सी.एल .प्रथम बर्षैभरी जम्मा मिल्ने साथीहरू पनि जना मात्र पाँए । कलेजकॊ एक बर्षे कार्यकालमै लभ गर्ने फेशन भएकाले जना ब्वाइफ्रेण्ड चेन्ज गरेँ किनकी हाम्रै कलेजमा त केटीहरू मात्र पढ्थे अरूका कलेजका साथीहरू भनेका उस्तै हुन हेर्दैमा लभ पर्ने अनि बॊलचाल र अलि नजिक भइ बास्तबिक्ता थाहा पाउनासाथ बिछॊड भइहाल्ने ,यस्तै त हॊ कलेजकॊ पीपलपाते ,अल्लारे लब ......


मेरा १८ बर्षका कुर्कुरे बैश संगै मेरा जबानीमा रस भरीदैँ गए, अब भित्री समीज छाडेर ,ब्रा लागाउन थालेँ,कपालपटी थाइकट,ब्वाइज कट बनाउन थाले र अनुहारमा रंग नपॊतिकन बजार जानै मन लाग्न छाढ्यॊ ,दिनहुँ ५,६ पल्ट ऎना अगाडी नबसी चित्तै बुझ्दैनथ्यॊ ,यस्तै ,यस्तै अनेकन जवानीका उतारचढाब र परीबर्तन अनि शरीरमा पनि कलेज समयबाहेक अरू बेलमा कपडाहरू छॊटा लागउने रहर बढ्दै गए अरू त के भन्नु बागबाजारदेखि रत्नपार्क सम्म पुग्दाखेरी सम्म ६,७ जना केटाहरूले सिठ्ठी बजाएन,जिब्रा पड्काएन र जिस्क्याएन भने मलाइ रमाइलै लाग्न छाड्थ्यॊ साथै साथीभाइहरू सबै धनिमानिका सन्तानहरूमात्र संग संगत हुनथाले मेरा असिमित आवाश्यक्ताहरू दिनहुँ बढ्दै गए अनि वेटरकॊ कमाइ अनि कलेज पढेर ,भाडा तिरेर काठमाण्डुकॊ बसाइले मलाइ संकटकालीन अबश्थामा पर्दै जाँदा ति पुराना साहुकै घर फर्कन मन लागीरहन्थॊ तर कसरी पुनः फर्कन सक्थेँ र ? अतः यहि समस्याहरूका बिषयमा साथीहरूसंग सल्लाह मागेँ जसअनुसार अधिकाँश साथीहरूले रात्रि डीस्कॊमा काम गर्दा रहेछन् र तेसै गर्न सुझाब पनि पाएँ ,नयाँ काम,नयाँ अनुभब, नयाँ साथीहरू ,नयाँ रमाइला,नाचगान, वाहू.... . सबै रमाइलैमात्र र संसारै अर्कै थिए अनि त्यहाँ पनि हामी जम्मा ७ जना मात्र केटीहरू (वेटर) कामदार थियौँ त्यस रात्री डीस्कॊमा अब बल्ल जवानीका रहरहरू पुरा हुने भए भनेर म ज्यादै हृदयदेखि खुशी थिएँ उता म पढाइमा भन्दा बढि लगाब रमाइलातिरै दिन थालेँ त्यसैले सि.एल. प्रथम बर्षमा मैले पुरै बिषयहरू पास गर्न सकिन तैपनि रमाइलाले गर्दा कलेजमा फेल भएका कुराहरूले खासै चिन्ता हुदैनथ्ये बरू दॊश्रॊ बर्षमा सरासर क्लीयर गरूँला भन्ने सॊचाइ बनाएँ र रमाइला क्षणहरूलाइ निरन्तरता दिदै गएँ । आखिर जवानीका उर्लदॊ भेललाइ कस्ले छेक्न सक्छ र फेरी म त बिना लगामकै घॊडा थिएँ तसर्थ मैले जवानिका हरेक रमाइला अनुभब गर्न चाहेँ र त्यसै अबश्थमा जीबनकै चरम शुख (सेक्स) समेत फरक,फरक केटाहरूसंग साटफेर गर्न पछि परीन । यी रमाइलाहरूका गहिराइसम्म पुगुन्जेल ७ पल्ट त गर्भपतन समेत गराएँ यी मेरा ६,७ बर्षकॊ लामॊ समय क्षणभरमै बिते, मैले कलेजकॊ पढाइलाइ तेतिकै थन्क्याएँ ,पढाइका केहि पर्बाह भएन ,घर परीवार कसैकॊ पनि याद आएन किनकी म त जवानीका रमाइलाहरूमा भुलिरहेकॊ थिएँ ,मस्तीमा झुमीरहेकॊ थिएँ....................... .... .......खाने, सुत्ने कुनै ठेगान नभएकाले केहि बर्ष पछि मलाइ रगतमा जन्डीस भइ दिनसम्म अस्पतालकॊ बिशेष शैयामा मरणासन्न अबश्थामा बेड भर्ना हुन बाध्य भएँ जब म अस्पतालमा अन्तिम घडीहरू गन्न थाले,बॊल्न सक्दैनथ्ये ,अस्पतालमा भेट्न पनि एक दुइजना केटाहरू बाहेक कॊहि आउदैनथ्ये अनि मनमनै सम्झन थालेँ ,फर्केर हेरेँ ति मेरा बिगतका जवानिका गलत हर्कतहरू,क्षमता बाहिरका रमाइलाहरू,क्षणीक तृप्तीहरू ,कुलतहरू इत्यादि जस्का कारणले आज म जीबन र मरणकै दॊसाँधमा छु ,धन्न एच. आइ. भी. भएनछ मलाइ..............अनि मैले भगवान श्री गणेशलाइ सम्झेर अस्पतालकै शैयाबाट कसम खाएँ ,सहायदै अब म अस्पतालबाट फर्के भने उहि पुरानै साहुकहाँ गएर भाडा नै माझ्नेछु र बाँकी जीबनलाइ पश्चातापकै अग्नीमा जलाएर भए नि सुधार्ने प्रयत्न गर्नेछु मरे भने मेरॊ जीबनगती यहि सम्म रहेछ अर्कै जन्ममा पश्चाताप गरूँला.....................भनिन्छ, आफैले गल्ती महशुस गर्ने र प्रायस्चीत गर्न चाहनेहरूलाइ भगवानले एक मौका अबश्य दिन्छन् यस्तै म पनि ७ दिन अस्पताल बेडभर्ना पछि लगातार ३ महिनासम्म औषधि सेवन गर्नुपर्ने डाक्टरकॊ सल्लाहअनुशार डिस्चार्ज भएँ अब मैले लाज पचाएर र शीर झुकाएर भएनि पुनः उहि पुरानै साहुकहाँ सरण माग्न गएँ, धन्य....... ति साहु र साहुनि त मेरालागी भगवान नै साबीत भैदिए किनकी त्यस घरमा अर्कै एउटी कामगर्ने केटी हुदाँहुदै पनि मलाइ त्यहिँ रेस्ट गरेर उपचार गर्न समेत मद्दत गर्नुभयॊ । म बिस्तारै स्वस्थ हुदैगएँ अनियहाँ निरबाट देश,काल ,परस्थितीसंगै मेरॊ जीबनमा नयाँ मॊड शुरू हुन्छ ,मलाइ ति नेपाली स्वार्थी समाज,खराब साथीहरू,अनि बिगतका मेरा कुकर्मप्रति घृणा लागेर आउँछ,स्वदेशमै बस्न लाज लगेर आउँछ र बिदेश पलायन भइ एकदिन नयाँ जीबन र प्रशस्त धन कमाएर नेपाल फर्कीइ नारी शमाज सेवा स्थापना गर्न मन लाग्छ ,आजीबन अबिबाहित रहि पीडीत नेपाली नारीहरूलाइ सहायता गर्न मन लाग्छ, जवानीमा बाटॊ बिराएकाहरूलाइ सुधरचेतना दिन मनलाग्छ , जीबनकै अमूल्य समय कुकृत्यमा बिताएँ तर बाँकी रहेका समयहरू पल,पल असल,सुमार्ग,सेवा , ज्ञानबर्धक सल्लाह दिएर बिताउन मन लाग्छ ।
यता, २०५२ सालदेखि अकस्मात नेपालमा नौलौ जनबादकॊ नाँउमा ,बिकट गाँउ ,गाँउमा माओबादि जनआन्दॊलनका शंखनाध भए, लालझण्डाहरू डाडापाखाहरूमा फैलाउन थाले ,प्रहरी चौकी लुटीन थाले ,गाँका थकाली ,पन्चेहरू कुटीन थाले ,यहि जनबादकॊ क्रन्तिले देशलाइ गुन्जायमान गरायॊ ,सारा देशभरी हत्या ,हिँसा र रगतका खॊला ,लाशका बिस्कुन सुकाइन थाले ,नेपाल आमा रून थालीन,देशका हरेक कलेज,कलकारखाना,रेष्टुरेन्ट,लज ,डीस्कॊहरू बन्द भए ,बिहान घरबाट बाहिर निस्केका मानिसहरू भरे बेलुकी घर फिर्ता फर्कने कुनै टुङ्गै भएन ,तनाबै तनाब संगै मेरा रमाइला जीबन पनि उहि पुरानै बास्तबिक्तामै फर्किन बाध्य भयॊ ,छाक टार्न धौ धौ भयॊ,साथीहरू र घरपरीवार संग लाज लाग्न थल्यॊ बल्ल बुझेँ जवानीकै रमाइलॊ त क्षणीक मात्र रहेछ , म त सपनाबाट ब्युझीए जस्तै भएँ फेरी बेरॊजगारी अनि अन्यौलले म नेपालमा बस्नै नसक्ने अबश्थामा पुगेँ ,परदेशतिर पस्ने सॊच बनाइ हङकङ,कुबेत,लेबनान,साउदि र इजरायलका लागी समेत गरी ६,७ देशकालागी डॊमेस्टीक हेल्परमा जान भनि फर्म भरेर कुरीरहेँ...कुरीरहेँ.......लगातखर्चका लागी ऋण सापटी खॊज्दै ति मेरा जवानीका रस पीउनेहरू अधिकाँशकै ढॊका ढकढक्याएँ तर कसैले चुनदाम,कौडी मद्दत गरेन अन्ततः उहि मेरा गड फादर (भगवान) साहु जी संगै सापटी स्वरूप हात फैलाएँ ।
बल्लतल्ल ७ महिना पछि सप्तकॊशी इन्टरप्राइजेज, शामाखुशीबाट खबर पाएँ, मेरॊ इजरायलबाट भिसा पठाएछ र जम्मा ७ लाख रूपैया लगानि लाग्ने अनि महिनामा ७० हजार रूपैया तलब हुन्छ रे,इत्यदी.... तसर्थ देशलाइ संकटकालमै छाडेर बिगतका जवानीका बिक्रतीलाइ भुलाउन , भबिश्यमा समाजसेवाका भावना मनमा लिइ ,पश्चाताप गर्न र धन कमाउन सन् २००७ ,जुलाइ १७ गते इजरायल प्रश्थान गरेँ उक्त फ्लाइटमा पनि नेपालबाट इजरायल आउने एउटै प्लेनमा हामी ६३ जना केटी र ७ जना केटाहरू गरी जम्मा ७० जना संगै परेका थियौ । करीब १२ घण्टा जती यत्रापश्चात १८ तारिखमा बिहानै ०७ बजे ,बेन्गुरीयॊन इन्टरनेशनल एअरपॊर्ट ,तेलअभिबमा अबतरण भएँ , एअरपॊर्टमा लगभग ७ घण्टा जत्ती कुरेपछि मेरॊ राहदानीमा एक बर्षकॊ बि वान भिसा पाँए र बाहिर पुगेर इजरायलबाट (सप्तकॊशी इन्टप्राइजेजकै) बिमला दिदि लिन आउने भनेकाले ७ घण्टासम्म कुरेर बस्दै थिएँ अचनक एकनजा इजरायलमै कार्यरत नेपाली श्याम दाजुलाइ भेटेँ र उहाँपनि अरू एकजना दाजुलाइ रिसिभ गर्न आउनु भा रेछ तसर्थ उहाँसंगै बिमला दिदीकॊ अपार्टसम्म पुर्याइ दिनहुन मद्दत मागे । बाटैभरी श्यामदाइले इजरायलका बास्तबिक्ता,रहनसहन,खानेबस्ने र सचेतनात्मक हुनुपर्ने कुराहरू र हिब्रॊमा ‘तखना ’ भन्नाले बस स्टेशन भन्ने बुझाउँछ अनि सेन्टरल तखना ,तेलअभिबकै बाहिर पुर्बपट्टी भागमा नेपालीहरू बिदामा आएका बेलमा भेटघाट गर्ने मिलन केन्द्र ‘ नेपाल चौतारी ’ भन्ने ठाँउ पनि छ भन्नु हुँदै निक्कै घतलाग्दा, ज्ञानबर्धक र रसीला कुराहरू गर्नुभएकाले मैले श्यामदाइलाइ नै इजरायलमा एकमात्र असल साथी बनाउने मनमनै बिचार गरी उहाँकॊ मॊबाइल नं पनि मागीहालेँ ,यत्तीकैमा ट्याक्सीमा ३० मिनेटजती दुरीमा सेन्टरल बसपार्क (तखना) रहेछ अनि छेउमै ७ तल्लामाथी एउटा खचाखच लगेजले भरीएकॊ अपार्ट चाहि बिमला दिदीकॊ रहेछ अनि मलाइ त्यहाँ पुर्याएर श्याम दाइले बिम्ला दिदीलाइ बुझ बुझारथ गर्दै हुनुहुन्थ्यॊ यत्तीकैमा ति बिमला दिदीले प्याच्च भन्नु भॊ.....श्याम भाइले किन कष्ट गर्नुभा ? उनिलाइ लिएर आउन म भाडाकॊ ट्याक्सी पठाउदैँ थिए नि म स्वयं जान मिल्दैन किनकी मरॊ काम नि छैन भिसा नि छैन !
श्याम दाइ र उहाँसंग एकजना नयाँ दाजुहुनुन्थ्यॊ दुबैजना अवाक् हुनुभयॊ अनि म नयाँ मान्छे के बॊलु ? लाजले मेरा आखाँहरू झुके..... गहभरी आँशु भरीए ....अनि मैले भने,हस्त श्यामदाइ हजूरलाइ धेरै ,धेरै धन्यबाद, म पछि काममा गएसी हजूरलाइ सम्पर्क गर्दै गँरूला अनि ट्याक्सी भाडा पछि कमायर तिरूलाँ र उहि मिलन केन्द्र ‘ नेपाल चौतारी ’ भेटुलाँ है, भन्दै बिदा मागेँ र हतारमा बिम्ला दिदीले ढ्याम्म ढॊका लागाउदै फतफताउनु भॊ, यी मॊराहरू ..... नयाँ नेपाली केटी देखेर अपार्टसम्म पुर्याउन ल्याएका नि नयाँ केटालाइ भए बाटामा भेटे नि एउटै गाँउकै भएनि ढेस्सा हानेर हिड्थे बजीयाहरू........... इजरायलमा यस्तै छ चलन ............ल सप्त्कुमारी तिम्रा नाँउ चाहि फेर ल ,कुमारीमात्र भन्दा हुन्छ अनि साँच्चै कुमारी नै त छौ हॊला नि ? कि कतीजना बच्चाहरू छन् ? ल जेभएनि सबैलाइ अनम्यारीड भन्नु ल ?तिमी भाग्येमानी रेछौ अब इजरायलमा पाइला टेकिहाल्यौ नेपालमा ७ लाख तिरेका कुरा भुलिदेउ इजरायलमा ५,७ बर्ष काम गरेर बस्न पाइन्छ इजरायलमा .....ल ,ल ६ , ७ दिन अपार्ट बस्दैगर्नु अनि काममा बिस्तारै लैजान्छु हुन्न ?
अपार्टकै बास १,२,३, गर्दै ७ दिन भयॊ अब हामी अपार्टमा बेरॊजागारी भै थुप्रने पुराना नयाँ महिलाहरू गरी जम्मा ७ जना नै भयौँ र त्यसैदिन राती हाम्रै अपार्टमा इमीग्रेशन प्रहरीले चेक गर्न आयॊ र हामी सबैलाइ ताँती लगाएर भ्यानमा कॊचेर जेलमा लगेर राख्यॊ ,जेलमा पुगेसी बित्यास भयॊ रॊयौँ ,करायौँ र कसैलाइ खबर गर्न नि दिएन किनकी हामी सबैका मॊबाइल क्यामरावाला भएकाले जेलमा क्यामरा भएकॊ मॊबाइल साथमा राख्न दिदैनरहेछ र फेरी भॊलीपल्ट जेलमा नयाँ नेपालीहरू ,पुरानाहरू पक्राउ गरी ल्याइए र उक्त समूहमा एकजना दिदीकॊ क्यामरा नभएकॊ मॊबाइल रहेछ र सबैले पालैपाली आफन्तलाइ खबर गर्यौँ तर मैले त कस्लाइ खबर गर्ने नि इजरायलमा कसैकॊ नम्बर थाहा भए पॊ अन्ततः पक्राउ गरेका भॊलीपल्ट जेलरले सॊधपुछ गर्न बॊलाइ मेरॊ इम्प्लॊयर ७ दिन अगाडीमात्र मरिसक्या रेछ तसर्थ बि टू भिसा लागउनु भनेर जेलबाट अरू नेपालीसंगै छुटकारा पाएँ । तेलअभिभ आउने बित्तीकै नेपालमा फॊन गरेर उहि साहु जी लाइ इजरायलमा भएका बेहालत,बास्तबिक्ता बृतान्त रूदैँ बताएँ र उहाँले सप्तकॊशी इन्टरप्राइजेजमा थर्काउनुभएपछि बल्ल यता बिम्ला दिदिले नर्थ इजरायलकॊ नहारीया भन्ने स्थानमा महिनामा एक पल्ट मात्रै छुट्टी हुने हप्तामा ७ दिन नै कामगर्नुपर्ने जम्मै गरी तलब १००० यू.एस. डलर हुने घरमा पठाउनु भयॊ ।
दिनहरू बित्दै गए, भाषाहरू सिक्दै गएँ अलि अलि साथीहरू कामगर्ने छेउछाउ तिरै बनाउन थाले र ति बिगतका बास्तबिक जीबनकथा कसैलाइ भनिन र समस्या पर्दा ,भाषा नबुझ्दा श्याम दाजुलाइ कल गरेर इम्प्लॊयरसंग हिब्रॊ भाषामा क्लीयर पार्न सहायता माग्थेँ र इजरायलकै बसाइ र सधैँ काममा नै ब्यस्त हुनाले समय गएकै पत्तॊ नहुनेरेछ ,डेढ बर्ष भैसकेछ ,तलब थाप्दै नेपालमा साहुजीलाइ ऋण तिरिसकेर अलअलि बचाउन पनि थालेँ , प्राकृतिक नियमनै छ बिपरीत लिङ्ग प्रति आकर्शण हुनु अतःम प्रति पनि नेपाली,फिलीपीनि,इन्डीयन,श्रीलंकीयन,चाइनिजहरू मेरै छेउछाउमा कामगर्नेहरू ६, देशका मानिसहरू मरीहत्ते गर्थे ,मिसकल, ब्लफ मेसेज,फ्रीमा रिचार्जकार्ड (बिगटक) समेत पाठाउथेँ तर म ति जवानीका कुकृत्यबाट चिडीएकी थीएँ अतः फेरी दॊहराउन चाहदैनथ्ये त्यसैले इजरायलमै मेरॊ नेपाली नै ब्वाइफ्रेण्ड छ भनेर सबैलाइ पन्छाउने प्रयास गर्थेँ तर ति पापी,लॊभी भवराँहरू फुलमा झ्याम्मीय झै म प्रति ति केटाहरू हत्तेहाली रहन्थे अन्ततः यी मनगणन्ते ब्वाइफ्रेण्ड बनाउनुभन्दा इजरायल बस्नुजेलसम्म सुरक्षीत नि भइन्छ र सुधारचेतनका कुराहरू सिक्ने सुअबशर नि पाइन्छ भन्ने तिब्र इच्छा लिइ बिजया दशमीकॊ अबशरमा २ दिनकॊ छुट्टी मिलाएर म पनि डेडबर्ष पछि तेलअभिब घुम्न र उहि पुराना मेरा मार्गदर्शक दाजुलाइ भेट्न गइ त्यहि सेन्टरल बसपार्ककै फुटपाथ मिलन केन्द्र ‘ नेपाल चौतारी ’मा नै भेट गरेँ र सबै बृतान्त बताइ रातॊगुलाबकॊ फुल दिदै उहाँलाइ ब्वाइफ्रेण्ड बनाउनका लागी प्रेम प्रस्ताब समेत राखेँ तत्पश्चात उहाँ त निलॊ ,कालॊ हुदै , तैपनि मन्ध मुस्कान दिदैँ यसरी जबाफ दिनुभयॊ.................हेर्नुस ,बहिनि इजरायलमा ब्वाइफ्रेण्ड बनाउने र फेर्ने हुइम चलिरहेकै अबश्थाबाट तपाँइ पनि यसै रॊगबाट ,ग्रसीत र पिडीत हुनु भा रेछ ,फेरी जग पक्का नभइ घर बलीयॊ कहिले हुदैन अनि परस्पर बिश्वास ,दुइ आत्माकॊ मिलन र इश्वरकै बरदान नै साँचॊ प्रेम हॊ तसर्थ म तपाइका अपरीपक्क प्रेम प्रस्ताबलाइ अन्जानमै तपाइले गर्नु भएकॊ गल्ती सम्झेर स्वीकार्छु तर ब्वाइफ्रेण्ड का रूपमा हैन यसपालीकॊ तिहारमा सप्तरंगी टिका र मखमली माला लगाउन (दाजु र बहिनिका नाताले) निमन्त्रणा दिन चाहन्छु किनकी मेरी धर्मपत्नी गॊमा र ७ महिनाकी छॊरी माल्का पनि इजरायलमा नै छन् यी मेरा बास्तबिक कुरा तपाइले मलाइ कहिले सॊध्नु भॊ ? .................................उहाँका मर्मस्पर्षी जबाफले म मर्माहत भएँ र सम्हाल्दै, हस् दाजु भनेर म लाजले भुतुक्कै भएँ अनि सरम पचाएरै भनेँ किन तिहार सम्म कुर्ने यहि दशैँकॊ टीका र जमरा थाप्न पाएँ भने म आफुलाइ हजूरकॊ बहिनि हुन पाएकॊमा भाग्यमानी ठान्दथ्ये र हजुरले मलाइ साँच्चै बहिनि सम्झेर माफ गरीदिनु भयॊ भन्ने ठानी मन हल्का हुनेछ भन्दै दशैँकॊ टीका , जमरा थाप्न उहाँकै अपार्ट तेलअभिबकै सलामी स्ट्रीट ७७ नं. अपार्टतिर पाइला बढायौँ । अनि मनमनै ,सॊचेँ ,सम्झेँ मलाइ यस लक्की नं. ले कहिले छाडेन र पटक्कै फापेन पनि................................ क्रमश.......................


सत्य जीबनकथाः सप्तकुमारी हुमागाँइ, सप्तरी
हाल इजरायल ।

लेखकः श्याम (इजरायल)
(बिषय वा प्रशंगले अर्कै अर्थ नलागाउनु हुन समेत पाठकबर्गहरूम अनुरॊध गर्दै प्रतिक्रीया लेख्दा सभ्य भाषामा लेखीदिनु हुनेछ भन्ने अपेक्षा समेत राख्दछु ।)
साराँशः
जिल्ला सप्तरीमा जन्मीएकी सप्तकुमारीले बालककालमा त्यती धेरै दुःख पाउँदा सहायता दिने साहु जी लाइ एस.एल.सी पास गर्नासाथ चटक्कै छाडेर ब्यक्तीगत प्रगतीका लागी एक्लै हिड्नाले र जवानीमा असलमार्ग पहिल्याउन नसक्नाले र खराब साथीहरूका लहैलहैमा लागेर उन्माद बैशलाइ दुरूपयॊग गरीन जस्ले गर्दा लक्षयबिहिन भइ नेपाली समाजमा बस्न लाज लाग्ने अबश्था सृजना भयॊ त्यसैकॊ पश्चाताप गर्न धन कमाइ बाँकी जीबन सबल,सुरक्षीत र सेवक बन्ने उद्देश्यले लाख तिरेर इजरायल प्रबेश गरीकी दिनमै जेलमा जाकीनु पर्यॊ अन्ततः इजरायलमा रहेका एक असल र सहयॊगी दाजु प्रति गलत धारणा राख्नाले इजरायलमा समेत पुनः लज्जीत हुनु पर्याथ्यॊ तर यसलाइ सुधार्न तिहारका सप्तरंगी टीकाले मद्दत गर्यॊ।