कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजलः ११ शेरमा.....





गज़लः प्रबासीन बाध्य भएँ................
(श्याम रॊक्का)


प्रबासीन बाध्य भएँ, बाध्यताले गर्दा ।।
मन थाम्नु कसॊगरि,अश्रुधारा झर्दा ।।


मायालाइ सम्झीएर रॊएपनि यहाँ
खुसी हुन्छु सपनीमा अंगालॊमा भर्दा ।।

कर्मथलॊ ठूलॊ रैछ,जन्मथलॊ भन्दा
न्यानॊ साथ पाइरहुँ संकटमा पर्दा ।।


केहिपल टाढीएकॊ सयौँ जुनी जस्तै
साह्रै मज्जा प्रेमनदि संगसंगै तर्दा ।।

ऋण लिइ बिदेसीदाँ रॊजगार छैन
भक्कानिन्छु साहुजीले घरबारी हर्दा ।।


युद्दग्रस्त हुँदाखेरि गाँउघर छाडेँ
कष्टकर हुँदॊरेछ नयाँठाँउ सर्दा।।

मूर्ख पनि नेता बन्यॊ लॊकतन्त्र भन्दै
नेतालाइ वास्ता छैन जनता नै मर्दा ।।


सलह झैँ फैलिएकॊ महँगीकॊ चाप
कस्तॊ हॊला नेपालीकॊ पीर मर्का टर्दा ।।

छिमेकिकॊ इशारामा चलेकै छ देश
भैयालाइ ‘‘मिठा पान ’’हामीलाइ जर्दा ।।

ज,जस्लाइ मित्र सम्झी,मनपेट दिएँ
बाँच्नै गाह्रॊ आफन्तले स्वार्थी रूप धर्दा ।।

दुःख खप्न नसकेर श्यामबर्ण मुद्रा
इश्वरकॊ के जान्थ्यॊ र ? सुख मात्रै छर्दा ।।


रचनाः २१ जुलाइ २०११,इजरायल ।