कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कोलोराडोमा खेलकुद तथा कबिता प्रतियोगिता सगै पिकनिक सम्पन्न

कोलोराडो -


अमेरिका स्थिती कोलोराडोमा रहेका नेपालीहरु बिच भेट घाट तथा एक आपसमा समन्वय तथा सदभाव गराउने उदेश्यले आयोजना गरिएको पिक्निक कार्यक्रम शनिबार सम्पन्न भयो। रकी माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा कोलोराडो स्थित किलिमेन्टपार्कमा सम्पन्न कार्यक्रम्मा झन्डै ३०० नेपालीहरुको उपस्थिती रहेको थियो। कार्यक्रमआमा योजक सन्ठाको समन्वयमा कबिता प्रतियोगिता, फुटबल, भलिबल, बास्केटबल, गल्फ, टेनिस लगायतका खेलकुद प्रतियोगिता सन्चालन गरिएको थियो।

नेपालीहरुको लगानिमा कोलोराडोमा रहेका ३२ वटा रेस्टुरेन्टहरुले कार्यक्रममा सहभागी सबैलाई बिभिन्न स्वादका खाना निशुल्क उपलब्ध गरएका थिए। बाल बालिका, बुढा पाका युबा युबती सबैको उलेख्य उपस्थिती रहेको उक्त कार्यक्रम्मा नेपाली पहिरन लगाएर आउने मानिसहरु उपस्थिती भने न्युन थियो। ठुलो ताल्को नजिक रमणिय स्थानमा आयोजिए कार्यक्रममा शाहअभागीहरु एक आपसमा भलाकुसारी गर्दै सुरिलो नेपाली संगीतका साथ रमाइ रहेका देखिन्थ्यो।

अमेरिकामा सम्पन्न हुन लगेको सिनेट सदस्यको चुनावमा वासिङ्टन स्टेटमा डेमोक्रेट पर्टिको तर्फबाट नेपाली मुलका पहिलो उमेद्वार दर्शन रौनियारको प्रमुख आतिथ्यमा आयोजित समपन कार्यक्रममा पिक्निक कार्यक्रममा खाना उपलब्ध गराइ सहयोग पुर्याउने सबै रेस्टुरेन्ट लाई प्रमुख अतिथी बाट कदर पत्र प्रदान गरिएको थियो।


यसैगरी रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ को सभापतित्वमा सम्पन्न पुरस्कार बितरण कार्यक्रम्मा कबिता प्रतियोगितमा प्रथम हुने श्रध्दा पाण्डे, सेकेन्ड हुने आक्रिती श्रेष्ठ लाई क्रमश १५० र १०० डलर नगद पुरस्कार शाहीत प्रशन्सा पत्र प्रदान गरिएको थियो। सोही अबसर्मा खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई डा विजय राज शर्मा, बिष्णु श्रेष्ठ, रमाकान्त अधिकारी, विश्वा भण्डारी लगायत का महानुभावहरुले सिल्ड तथा प्रसन्शा प्रदन गर्नु भएको थियो। समपन कार्यक्रम्मा सभापति श्रेष्ठले कार्यक्रम्मा सहयोग पुर्याउने तथा शाहअभागेए हुने सबैलाई धन्यवाद दिनु भयो। साथै उहाले उपस्तिथ सबैलाई दर्शन रौनियारको कदमलाई सबै क्षेत्रबाट यथसक्या हातेमालो ग्री सफल तुल्याउन आग्रह गर्नुभयो।