कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अन्तरङ्ग मुक्तक सम्मान तथा पुरस्कार वितरण

काठमाण्डौ, भदौ ९ ।

साहित्यको विभिन्न विधाको विकासका लागि पत्र-पत्रिकाहरुले पनि आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्दै आएका छन् । राजधानी काठमाण्डौबाट प्रकाशित हुने अन्तरङ्ग राष्ट्रिय साप्ताहिकले आफ्नो बीसौं बार्षिकोत्सवको अवसरमा दोस्रो राष्ट्रिय मुक्तक प्रतियोगिता र स्रष्टा सम्मान गर्‍यो । प्रतियोगितामा दोलखाका कुसल सुमन प्रथम, बाग्लुङका बिस्नुप्रवा सापकोटा द्वितीय, सिन्धुलीकी अमला अधिकारी तृतीयलाइ क्रमश: ७ हजार ५ हजार र ३ हजार रुपैया प्रदान गरियो ।

समारोहका प्रमुख अतिथि बरिष्ठ साहित्यकार रत्नसम्शेर थापले मुक्तक विधामा योगदान दिने देशका पाँचै विकास क्षेत्रका एक- एक जना प्रतिभाहरुलाई सम्मान गर्नु भयो । सम्मानित हुनेहरुमा पूर्वाञ्चलबाट कृष्ण सुवेदी निराकार, मध्यमाञ्चलबाट पुष्प अधिकारी अञ्जली, पश्चिमाञ्चलबाट शान्तिनारायण श्रेष्ठ, मध्यपश्चिमाञ्चलबाट खगेन्द्र गिरी कोपिला र सुदूरपश्चिमाञ्चलबाट निर्दोष डेभिट हुनुहुन्थ्यो । मुक्तक विधामै विद्याबारिधि गर्ने डा. मुरारी पराजुलीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा नेपाली मुक्तक विधालाई अनलाईन र रेडियो मार्फत विश्वव्यापी बनाए वापत रमेश पौडेललाई मुक्तक अभियान्ताको रुपमा विशेष सम्मान गरिएको थियो । अन्तरङ्गका प्रधान सम्पादक नवराज पहाडीको सभापतित्वमा भएको सो समारोहमा प्रमुख अतिथि रत्नसम्शेर थापाले नेपाली साहित्यमा मुक्तक विधा अत्यन्त लौकप्रिय हुँदै आएको र यस्को भविष्य उज्वल रहेको बताउनु भयो ।