कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार















गजल



आफ्नै मुटु आफैदेखि पराई भो किन सानु
पलभरको क्षणिक प्रेम गराई भो किन सानु

जिन्दगीको डुङ्गा किन पल्टिदैछ सुस्त–सुस्त
मझधार छाडी किनारतिर सराई भो किन सानु

सपनासँगै छट्पटाउँदै निन्द्राबाट ब्यूंझिएर
पागल जस्तै एक्लै के–के कराई भो किन सानु

लक्ष्य सबै मेटिएछ क्षितिज पनि शून्य देख्छु
जीत छाडी शिथिल बन्दै हराई भो किन सानु

विवश बनि बाँच्नु पर्ने के गल्ती भो जिन्दगीमा
तिमी उता म यता पो मराई भो किन सानु