कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - म त्यसरी भिजेँ



-सुमन पोख्रेल-

तिम्रो अनुरागमा यसरी भिजेँ
कहिल्यै नओभाऊँ जसरी भिजेँ

मेरो मधुमास उनलाई के दिएँ
उनको प्रेमवर्षाले वनसरि भिजेँ

भेट्न म पुग्दा ऊ रोइरहेकी
कति पटक त म त्यसरी भिजेँ

सम्झना छ उनका नयनमा हेरेको
होस छैन त्यो मातले कसरी भिजेँ

निदाउन दिएनन् रातभर आँखाले
यादहरूको झरीमा बेस्सरी भिजेँ

नयनले खोई के सम्झियो सुमन!
म त रातभर सिम सरि भिजेँ