कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

चन्द्रको खोज






उष्ण गर्मीका दिनहरूमा
शीतलता खोज्नेहरू
धर्ती फाटेर गर्भमा पस्न सक्छन्
तर
गर्भबाटै जन्माइने
आयमिक चेतनाले
युगान्तरसम्म प्यास भेटाइने
दीर्घकालिन योजना बनाउन सक्दैनन ।

हो, उसै पनि मान्छे स्वार्थी हुनुले
ओईलाएर मर्न लागेका
तिता फलाहरहरूको बोटहरूमा
मनमौजी सिँचाईको व्यवस्था गर्छन्
तर
यिनै सभ्यताका आन्तरिक गर्भबाट
यस धर्तीमा नयाँ पाइला टेकाएर
सुनौलो विहानीका धुपहरूसँग परिचय गराईदिने
तिनै महामानाव बुद्धहरूको चित्कारमा
कान ठड्याउने चेष्टा गर्दैनन् ।

उसो र आफ्नै स्वार्थी विवेकबाट
आफ्नै घैँटो भर्ने रहरहरूलाई
निरिह, निष्कपट उक्स्याईरहँदा
अरू थुप्रै कलेजाहरू धुजा पारेर
घुटघुटी लोभका अमृत निल्छन्
तर
तिनै कमजोर मस्तिष्कका ज्ञानेन्द्रियहरू
अंधकार रातहरूमा बाँण हान्दै गर्दा
शून्य आकाशमा तीर नलागेर
प्रकाश खोज्दै
सँसार हुर्काउन खोज्छन् ।

वितृष्णाका रापहरूले
तिनै अल्पकालिन संघर्षका मैदानहरू माथि
दीर्घकालिन चेतनाले धावा बोलिरहँदा
क्षणिक आनन्दाभूतिका अपभ्रंसबाट
नशा नशामा डरका झुण्डहरू उचालेर
जिङ्ग्रिङ्ग शरीरभरि काँडा उमार्छन्
अनि
लोभका खाली मस्तिष्कहरूमा
दिन हराएका रातहरू भित्रैबाट
जल्जलाउँदो चन्द्रको खोजीमा
पर परसम्म दृष्टि फैल्याउँछन ।

त्यसैले म
पृथ्वीको पारदर्शी क्यानभासमा
समयले जन्माएको चेतनासँगै
परिवर्तनशील भावनाहरूले
सपनाका थुप्रै तस्वीरहरूमा
इतिहाँसका रगतहरू जमाएर
विशाल मानचित्र भरि भरि
जुनेली रातकै सहारामा
भोलिको दिन उब्जाउने
भविष्यका रङ्गहरू घोल्दैछु,,,,
.........................,,,
अँधकारमा चन्द्र खोज्ने बाहेक
... बाँकी त सबै शून्य होलान् ।