कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

यो निर्णयक घडी हो,यो निर्णयक घडी हो



यो निर्णयक घडी हो,यो निर्णयक घडी हो

उ सँग देश को ईतिहाश बेचीएको कथा छ
म सँग देशको ईतिहाश छोडियको कथा छ
देश उस्को मुटु मा पनी दुखी रहन्छ
देश मेरो मुटुमा पनी दुखी रहन्छ
,,,,,,,
उ सँग देश बनाउने सपना छ
म सँग देश मा सान्ती सँग बाच्ने सपना छ
उ देश को नाममा सबै गर्न सक्छ
म देश को नाममा मर्न सक्छु
,,,,,,
देश सपनाको नममा उस्ले ब्रंम लुट मच्चाउछ
ईतर र भितर को कुरा गर्छ
म फगत हेरेर आफ्न कुन्ठा निकाल्छु
हत्यारा हरुले नेपाल आमालाई लुटे भन्दाछु
,,,,,,
उ सँग छेमता छ,ओल्टे कोल्टे फेर्ने
म आफ्नो बाटोमा हिड्छु
उ जिन्दाबाद र मुर्दाबाद भन्छ
म फगत पशिनाको धारामा नुहाउछु
,,,,,
उ सँग शब्द जाल छ मोहनी कुराहरुको आकर्सण
म सँग कर्म योग छ जिबन जिउनुको आकर्शण
उ मान्छे लाई पशुलाई जस्तै बेबाहार गर्छ
म मान्छेलाई श्रद्दा गर्छु,मान्छे को गीत गाउछु
,,,,
पहिला सपना बाड्ने गर्थो उ कर्म का कुरागरी
अहिले घुम्ने कुर्ची खोज्छ उ जमात ठुलो पारी
म चटकेको खेल हेरी रहेछु,सामन्तको बिल्ला बोकेर
उ अझै मलाई देश द्रोही भन्छ

,,,,,,,,
म मेरो खिया लागेको खुकुरी हेरेर जैथक्,नालापानिको युद्द संम्झिन्छु
उ कन्टेनर को बन्दुक देखाएर त्राश बाडिरहेछ
म जिबन र सान्तिको कुरा गर्छु
ईतिहाश भात्केको मा दुखी छु
,,,
उ ईतिहाश लेख्न नसकेकोमा खुशी छ
देश लाई आर्थिक भार थपी भुँडी भर्नु मा खुशी छ
म भोको छु, तर पनी देश को लागी पुन लड्ने छु
उ अघाउदै छ, देश को लागी भन्दै मार्नेछ
,,,,
म मेरो अस्थित्व को लडाईं छेड्दै छु
अब उस्ले ब चाउ गर्ने पालो हो
ईतिहाश कस्ले बेच्यो र कस्ले रच्यो
यो निर्णयक घडी हो,यो निर्णयक घडी हो

खलानको मान्छे