कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मोतीराम-सेतुराम गजल पुरस्कार आवाज र गैरे सुरेशलाई

नेपाली गजलको विकास, विस्तार र परिष्कारको लागि कृयाशील संस्था अनाममण्डलीले प्रदान गर्दै आएको 'मोतीराम-सेतुराम गजल पुरस्कार' यस वर्ष संगीततर्फ युवासंगीतकार गैरे सुरेशलाई प्रदान गरिने भएको छ । यसरी नै उत्कृष्ट गजलकृतिको पुरस्कार पोखराका गजलकार आवाज शर्माको गजलकृति 'परीका कथा' ले प्राप्त गरेको छ ।

पुरस्कारको राशि हरेक विधामा ३\३ हजार रहेको छ । आगामी भदौ १६ गते शुक्रबार बाल्मिकि विद्यापीठमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिने छ।

घनेन्द्र ओझा
अध्यक्ष अनाममण्डली