कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

युवावर्ष मोती पुरस्कार मणि र व्याकुललाई



यस वर्षको युवावर्ष मोती पुरस्कार युवासाहित्यकारद्वय मणि लोहनी र व्याकुल पाठकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

नेपाली भाषा साहित्यको सिर्जनाका साथै यसको श्रीवृद्धिका निमित्त विभिन्न क्रियाकलाप र गतिविधि संचालन गरी योगदान दिदैआएवापत कदरस्वरुप लोहनी र पाठकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको राष्ट्रिय युवासेवा कोषले जनाएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको पुण्य स्मृतिमा वि.सं. २०४२ सालमा स्थापना गरी प्रत्येक वर्ष प्रदान गरिदै आएको पुरस्कारको राशी ४० हजार रहेको छ ।

यस्तै साझा प्रकाशनले ०६७ सालको साझा पुरस्कार वरिष्ठ साहियकार डाक्टर दुबसु क्षेत्रीलाई दिने घोषणा गरेको छ । ५१ हजार रुपैयाँ राशिको पुरस्कार डाक्टर क्षेत्रीको अश्वमेध यज्ञका घोडाहरु नामको काव्यका लागि प्रदान गर्ने निर्णय गरेको साझा प्रकाशनले जनाएको छ ।