कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

महाकाव्य माधव-महाकाव्य सार्वजनिक

महाकाव्य माधव-महाकाव्य बजारमा आएको छ । काव्यकार रामनाथ अधिकारी ‘सङ्गी’द्वारा रचित महाकाब्य शुक्रबार सार्वजनिक भएको हो ।

प्रा डा माधव भट्टराईको जीवनीमा आधारित १८ भागमा विभाजित सो महाकाव्य २०३८ श्लोकमा पद्यवद्ध रुपमा सिर्जना गरिएको छ । सो महाकाव्यका विषयमा डा बलराम रेग्मी र हरिमञ्जुश्रीले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा महाकाव्यका सहसम्पादक महेशराज पौडेलले गीतिलयमा लयबद्ध महाकाव्य एक उत्कृष्ट कृति रहेको बताउनुभयो ।