कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

साझाद्धारा विभिन्न विधाका पुरस्कारको घोषणा

साझा प्रकाशनले २०६७ सालका विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ । प्रकाशन सञ्चालक समितिको शनिबार बैठकले लोक साहित्य पुरस्कार ‘थारू लोककथा १’ कृतिका लागि लेखक कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी रु. १५ हजार रहेको छ ।

यस्तै, प्रकाशनका तर्फबाट यसै वर्षदेखि सुरु गरिएको रु १५ हजार राशिको ‘नयाँ साझा लोक संस्कृति पुरस्कार’ ‘तराईको फाँटदेखि हिमालको काखसम्म’ कृतिका लागि रामभरोस कापडी ‘भ्रमर’ लाई प्रदान गरिने भएको छ ।

यसैगरी, २०६७ सालको रु १५ हजार राशिकै साझा बालसाहित्य पुरस्कार ‘यती, अन्तरिक्ष र गाउँघरका कथा’ कृतिका लागि साहित्यकार विजय चालिसेलाई प्रदान गरिने भएको छ ।

रु. १०-१० हजार राशिको गरिमा सम्मान पुरस्कार-२०६७ पद्य विधातर्फ ‘समर्पण’ शीर्षक कविताका लागि कवि निभा शाह, गद्य विधातर्फ युग शीर्षक कथाका लागि कथाकार वैजयन्ती मिश्र र ‘चकछिन्ना’ शीर्षक कथाका लागि कथाकार इन्दि्रस सायललाई प्रदान गरिने निर्णय भएको छ ।