कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - आशांक उपाध्याय



म मात्रै पो भन्ने ठान्थें, म जस्ता त हजार भेटें !
एक्लै रुने एक्लै हाँस्ने मान्छेको नै बजार भेटें !


भन्नलाई त सजिलै छ नहुनेको इश्वर हुन्छ
दक्षिणाको ईकाइमा देवी देउता अपार भेटें !


आफन्त र मित्रताको परिभाषा बुझ्न खोज्दा
आत्मियता अड्याउने स्वार्थको पो आधार भेटें !


लक्ष मङ्सिर फलाउन सबै रहर आतुर छन्
परिश्रम गर्ने उस्तै घमण्डको औजार भेटें