कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाली साहित्य विकास परिषदद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लण्डन - नेपाली साहित्य विकास परिषद यु.केको आयोजनामा नेपालबाट पाल्नु भएका साहित्यकार प्रा डा गोविन्द भट्टराई र कथाकार गीता रेग्मीको सम्मानमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

स्थानिय वेष्ट लण्डन स्थित मोन्टिज रेस्टुरेन्ट साउथइलिगमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा डा गोविन्द भट्टराई अतिथि गीता रेग्मी, यती संस्थाका अध्यक्ष डा. राघब प्रसाद धिताल, कोसेली साँस्कृति परिवारका सँस्थापक अध्यक्ष मदन थापा परिषदका कार्यबाहक अध्यक्ष कोमल प्र.श्रेष्ठ मल्ल, परिषदका सल्लाकार तथा बि एन ए एफ का पूर्वअध्यक्ष धुर्ब के.सी परिषदका बरिस्ठ कार्यकारीणी तथा बि बि सि नेपाली सेवाका पूर्वसन्चालक खगेन्द्र नेपाली, बि बि सि नेपाली सेवाका सन्चालक सुमन खरेल, नेपाली टेलिभिजनका डाइरेक्टर तथा नेपाली क्यटरस एसोसीएसनका अध्यक्ष बिजय थापा, क्षेत्री समाजका अध्यक्ष कृष्ण अधिकारी क्षेत्री, साहित्यकार तथा कवि गोपी कृष्ण प्रसाइ परिषदका उपाध्यक्ष त्रय क्यापटेन आर एस श्रेष्ठ, दौलत राई र जयालक्ष्मी राई तथा यती कार्यकारीणी सदस्य तथा नेपाली क्यटरस एसोसीएसन यू के को उपाध्यक्ष आरती श्रेष्ठ, यती संस्थाका पूर्वसामाजीक सचिब हरी के.सी र समाजसेवी चिरन्जीबी बस्नेत आदी लगायतका कवी तथा समाजसेवीहरुबाट डायास्पोरिक साहित्य अन्तरक्रियामा सहभागीता रहेको थियो।



परिषदका सँस्थापक तथा महासचिव सुरेश जंग शाहबाट परिचय प्रस्तुति गरिएको उक्त कार्यक्रममा परिषदका कार्यबाहक अध्यक्ष कोमल प्र. श्रेष्ठ मल्लले अन्तमा कविता बाचन गर्नुभएको थियो। कार्यक्रममा रमाइलो रात्रीभोजको आयोजना थियो ।