कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वेदनिधि पुरस्कार देवकोटा र शर्मालाई

‘वेदनिधि पुरस्कार’ वरिष्ठ साहित्यकार राजेश्वर देवकोटा र प्रा. रमा शर्मालाई प्रदान गरिने भएको छ । वेदनिधि पुरस्कार प्रबन्ध परिषद्को बिहीबार बसेको बैठकले विसं २०६७ र २०६८ सालको वेदनिधि पुरस्कार’ क्रमशः वरिष्ठ साहित्यकार राजेश्वर देवकोटा र प्रा. रमा शर्मालाई प्रदान गर्ने गरेको हो ।

नेपाली भाषा र साहित्यका क्षेत्रमा चिन्तनप्रधान निबन्ध, प्रबन्ध एवम् कविता र उपन्यास आदि विधामार्फत् उल्लेखनीय योगदान पुर्‍याउनुभएकोमा देवकोटालाई तथा नेपाली र भाषा साहित्यको समृद्धिका निम्ति नेपाली शिक्षा परिषद्जस्तो महत्वपूर्ण संस्था र निबन्ध, प्रबन्ध, समीक्षाका कृतिहरु माध्यमबाट उल्लेखनीय योगदान दिनुभएकोमा प्रा शर्मा पुरस्कृत हुने भएको हो ।

पुरस्कार समाजसेवी वेदनिधि उपाध्याय खनालको पुण्यस्मृतिमा उहाँकी धर्मपत्नी गिरिराजकुमारी र अन्य व्यक्तिबाट स्थापना गरिएको हो ।

पुरस्कारको राशि जनही रु तीस हजार एक र ताम्रपत्र रहेको समितिले जनाएको छ । पुरस्कार उपाध्यायको ११७ औं जयन्तीका अवसरमा आगामी कात्तिकको पहिलो सातामा प्रदान गरिने कार्यक्रम छ ।