कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - छन्


मुस्कान् सँगै फक्रिएको गुलावी ती अधर छन् ।
तिम्रो मेरो सम्बन्धमा सबै कुरा सदर छन् ।

मौलाएको पिरतीमा कस्ले हाल्छ भाँजो हेरू?
हृदयमा तिमी छायौ, अरू सबै बदर छन् ।

जस्ले कुरा बुझेको छ, पिरतीमा सम्बन्धको
भित्री आँखा खोली हेर, तिनै यहाँ कदर छन् ।

 सुम्पिसके जिन्दगी नै, अब बाँकी के नै छ र!
समाजको घेरा भित्र न कर छन् न डर छन् ।

विवशको पानाभरि विश्वासले कोरिदिए
तिमी मुटु मै हुँ धड्कनभन के नै अभर छन् ?