कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

(गजल)श्याम रोक्का,

रचना: श्याम रोक्का, इजरायल /

(गजल)

मायालुको सम्झनाले रुन्छु घरिघरि ।।

मेरै जस्तो हाल होला उन्को कठै बरि ।।

मनभित्र बिरहको हुरी चल्दाखेरी

न्याउलीको स्वर सुन्दा अश्रु गहभरी ।।

सँगसँगै मर्ने बाच्ने बाचा बिर्सिनाले

झल्को मात्रै बाँकी रह्यो आँखा वरीपरी ।।

बसन्तमा चरैतिर आहा हरियाली

हेमन्तको जाडो एक्लै काटौँ कसोगरी ।।

जातभात श्यामश्वेत भेद नगरेर

जुनीभरि मिलीजुली बाँचौँ खुसी छरी ।।