कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

टङ्क भट्टराईको 'साँझमा पहिलो तारा'

कवि टङ्क भट्टराईको 'साँझमा पहिलो तारा' कविता सङ्ग्रह बजारमा आएको छ । रावासावा प्राज्ञिक समाजका लागि विश्वचन्द्र राईले प्रकाशन गरेको उक्त कृतिको शनिवार राजधानीमा साहित्यकार तुलसी दिवसले सार्वजनिक गर्नुभयो । राष्ट्रिय कविता महोत्सव-२०५९ मा पुरस्कृत समेत भएका भट्टराईको यो पहिलो कविता कृति हो । पाँचवटा खण्ड रहेको यस कृतिमा ५० वटा कविता रहेका छन् । कृतिमाथि समीक्षा गर्दै समालोचक रमेश भट्टराईले यो सङ्ग्रहका कविता अत्यन्त मिठा सरल हृदय संवेद्य र सशक्त रहेको कुरा उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि साहित्यकार तुलसी दिवसले कवि भट्टराईको यो प्रथम कृति नै नेपाली कविता फाँटमा एकदम शक्तिशाली भएर आएको कुरा बताउनु भयो । कवि÷गीतकार श्रवण मुकारुङलॆ पाठकको मन छुन सक्ने पढिरहूँ लाग्ने यी कविता साँच्चै सुन्दर र सशक्त रहेको कुरा व्यक्त गर्नुभयो । त्यसैगरी साहित्यकार युवराज नयाँघरेले यस सङ्ग्रहका कवितामा पाठकलाई सजिलै तान्न सक्ने सामथ्र्य रहेको र कविले यस्ता सशक्त कृति जन्माउन आफ्नो लेखनयात्रालाई निरन्तरता दिनुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य शान्तिराम राईले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व रावासावा प्राज्ञिक समाजका अध्यक्ष डा। विष्णु राईले गर्नुभएको थियो ।