कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल -आशांक उपाध्याय


ओझेल हुन्छन् सबै कुरा मात्र आशा बोक्छ जीवन !
अघि बढ्न खोज्छु जब पाइलै पिच्छे रोक्छ जीवन !

किन यस्तो घमण्डको भण्डारण गर्छ यसले,
तात्तो छारो क्यै हुँदैन व्यर्थै छात्ती ठोक्छ जीवन !

पुग्ने हुन् कि नपुग्ने हुन् रहरहरु धेरै नै छन् |
मासु खाने तल्तल् मेट्न आफ्नै जिब्रो टोक्छ जीवन !

बिहानीमा सुर्योदय देखे पछी हिम्मत आउँछ |
मध्य राती सम्म घोत्लि 'म नै जित्छु' घोक्छ जीवन !

मध्यान्हको सपना झैं टुट्दा खेरी आशांक यो
पिर मेट्ने रक्सि ठानी आफ्नै आँशु धोक्छ जीवन !