कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल : सुनिल संगम


मैले लाको माया किन जाली परेछ
बाहिर गोरी भित्र भने काली परेछ

गल्ती केही गरे जस्तो लाग्दै लाग्दैन
बिनासित्ती किन यस्तो गाली परेछ

हाँसो खुशी मनैभरी भन्थें भरूँला
जिन्दगी नै तर खाली-खाली परेछ

रोपेको थें लहलह फूल मायाको
तर फूलै चुँडी दिने माली परेछ

खोट उन्कै जालिझेली पनि उनी नै
आखिर उन्कै हौसलामा ताली परेछ

कस्तो संगम् आशै मर्यो बासै उठायो
लाग्छ अब मेरो रुने पाली परेछ

सुनिल संगम