कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अशोकका 'FUSION प्रतिबिम्बभित्र' चिहाउँदा पग्लेका भावनाहरु

आचार्य प्रभा


कविता संग्रह निकाल्नेहरुका भिंडमा प्रवासमा रहेर पनि धेरैले आफ्ना नामहरु अंकित गरिरहेका छन्। साहित्यको भकारीमा । यसै भिंडमा अर्को एउटा शसक्त हस्ताक्षरको नमुना हो अशोक पार्थिव तामाङ । जस्को कबिता सँग्रह "प्रतिबिम्ब" केहिदिन अघि मेरो हातमा परेको छ । जस्लाइे म समय चोरी चोरी पढ्ने जमर्को गर्दैछु । बिदेशमा रहेर पनि साहित्यप्रतिको झुकावलाइे यी प्रवासी मनहरुले त्याग्न सकेका छैनन् । पुराना दिनहरुमा कलाकारिता रुचाउँने अशोक बालककाल देखी नै कबिता लेख्न पनि रुचाउँथे । जब उनी बिदेश भासिए अनी उनिभित्र देश प्रेमका कुण्ठित भावनाहरु सल्बलाउँन थाले। बिदेशका भोगाइेका उन्का प्रतिबिम्बहरु शब्दको थुँगा बनेर किताबी रूपमा यसरी प्रतिबिम्बित बनेर छाए । हुन त मैले "प्रतिबिम्ब"को रचनाकारको नाम यही फेसबुकबाट मात्र सुन्दैछु वा पढ्दैछु । मेरो वालमा कहिले कँहि झल्याक झुलुक अशोकका कबिताहरु टाँसिन्थे । उन्को कबितारुपी भाषाहरु मलाई अलिक प्रिथक नै लाग्दथ्यो । मेरो अर्थमा ति भाषाहरु जटिल नै लाग्दथे । यस्तो लाग्दथ्यो उन्का शब्दहरु बैज्ञानिक बिषयका शब्दहरु हुन् तर पनि बुझ्न सहज नै हुन्थे । अहिले "प्रतिबिम्ब"मेरो हातमा छ र मैले अशोकजीको सम्पूर्ण भावनालाई कैद गर्ने मौका पाएकीछु र मलाई चुनी चुनी उन्का कबिताहरुको दहमा डुबुल्की मार्न सहज भएकोछ ।

उन्को "प्रतिबिम्ब"कबिता संग्रहका प्राय:कबितारुपी भावनाहरु आमाकै झझल्कोको प्रतिबिम्ब बनेर छरिएको आभास हुन्छ ।जन्म दिने आमा र जननीलाइे एउटै स्थानमा राखेर कोरिएका कबिताहरुका भावनाहरु सबै मात्रित्वप्रेमले ओत्प्रोत छन् । अशोक आफ्नो साहित्यको औपचारिक थालनी मुहार पुस्तिकाबाट नै भएको स्वीकार गर्दछन् । चाहे जँहाबाट साहित्यिक यात्राको शुरुवात होस् ,लेखकमा शब्द र भावनाहरुको तार्तम्य अनी कला कौशल्ताले सजाउँने सामर्थ्य छ भने उस्को यात्रालाइे स्वागत सबैले गर्दछन् । अशोक पार्थिवमा यो कौशल्ताको पर्याप्त गुण छ भन्ने यही प्रतिबिम्बले उजागर गरेकोछ । उन्का सङ्रहित कबिताहरुमा मैले आँखा गाडेका कबिताहरु मध्ये "आहा!धरतीका हरेक कुनामा जखमले घामहरु पुर्‍याउँन पाए। " यस् कबितामा उन्ले धरतीमा सबै सुस्ताएका,निदाएका मुर्झाएका जतिपनी बस्तु हरु छन् उष्णताले सेपिएका मानवरुपी बिरुवाहरु छन्। ति सबैमा अझ तिक्खर र चहकिलो घामरुपी आशाहरु वा प्रेरणाहरु थप्न पाए अझ यो धर्ती र यहाँका श्रीजनाहरु कती मोहक र सुन्दर बन्थे होलान् ?भन्ने उन्को कल्पना र सपना छताछुल्ल पोखिएको छ उक्त कबितामा ।

यस्ता धेरै उदाहरणरुपी कबिताहरु छन् । जस्तै अर्को कबिता "म साले कपूत छोरा । " उन्ले यो कबितामा जननीरुपी आमाको रुपमा देशलाइे प्रतिबिम्बित गरेको आभास हुन्छ । जसरी अहिलेको समयमा देश उन्को कबिताको भाव अनुसार हज्जारौँ कपूत छोराको परेड खेल्ने मैदान बनेको छ । आमा आफ्नै सन्तानहरुबाट बलात्‍कृत भएकी छिन् । कती आशा र सुनौलो कल्पनामा आफ्नो कम्जोरीपनको पलमा आफ्नो बैशाखी बन्ने आशामा जन्माएका छोराहरु नै अहिले आफ्नै शत्रु बनेका छन् । त्यही छोरा मध्ये अशोकले पनि आफुलाइे एक कपूत छोरारुपी पात्र बनाएर उक्त कबितामा आफ्नो गल्ती स्वीकार गरेर जननीलाइे क्षमाको भिख माँग्दै आत्माग्लानिमा चुर्लुम्म डुबेका छन् । उन्का हर कबितामा यस्तै भाव समेटिएको पाइेन्छ । यसरी अशोकको यो कबिताले हर कुपूत छोराहरुलाई आँखा खुलाउँने सन्देश दिएको छ ।

हुन त म कुनै बौद्धिक समालोचक वा टिप्पणीकर्ता होइेन । बस् यत्ती हो म प्राय:मुहार पुस्तिकामा भेटिएका साथीहरु मध्ये अलिक पुरानै भएकीले सबैले यसो मनको भाव बिसाउँने आग्रह गर्दछन् र म मैले जाने बुझेसम्म ति रचनाहरुमा आफ्नो अभिब्यक्ती राख्ने प्रयत्न गर्दछु अनी स्पष्ट बक्ता भएर देखेको कमिकम्जोरी र त्रुटिहरुमा प्रश्नचिन्ह राख्ने गर्दछु निर्धक्कसँग यसरी।
अशोकका धेरै कबिताहरु समाहित छन् "प्रतिबिम्ब"मा ।मैले सबैको बेली बिस्तार लगाएँ भने त अरुले कबिता संग्रह नै किनेर पढ्दैनन् उसो र म लेखकलाइे मार्ने चेष्टा पनि गर्न चाहन्न । बस् मैले यी दुई प्रतिनिधी कबिताको बारेमा मात्र बुझेको कुरा प्रष्ट्याएँ । अब लाग्छु अशोकका कबिताहरुका केही मलाई लागेको निर्बल पक्षमा । मैले माथी नै भनी सकें म कमिकम्जोरी र र त्रुटी (जुन चाँहि मलाई लाग्दछ । सबैलाई नलाग्न सक्छ )मा प्रश्न चिन्ह तेर्स्याउँछु । जस्तै अशोकका कबिताहरुमा मलाई लागेको कुरा के हो भने उन्का हर कबिताका शिर्षकहरु लामा लामा छन् । त्यही भावनारुपी कबिताहरुमा छोटा,मीठा,बिम्बात्मक र छरिता शिर्षकहरु भए ओहो! ति कबिताहरुमा अझ सुनमा सुगन्ध थपिन्थे कि? भन्ने मेरो भित्री मन्साय । अर्को मलाई लागेको पक्ष के हो भने उन्ले नौलो नौलो शब्द प्रयोग गर्दछन् जो सर्‍हानीय छ । तर यो कबिता "आहा! धरतीका हरेक कुनामा यी जखमले घामहरु पुर्‍याउँन पाए त!" लामो शिर्षकको एउटा उदाहरण पनि हो यो शिर्षक । अनी अशोकले घामलाइे जुन बिशेषण दिएका छन् "जखमले" शब्द मेरो बिचारमा घामलाइे अलिक सुहाएन कि जस्तो लाग्यो । "जखमले"को अर्थ ज्यादै ठुलो,घ्वाँक,जक्खु भन्ने बुझिन्छ । जस्तै मैले ब्यवहारिक रूपमा नै पनि गाउँ,घरमा गोरु,खसिहरुलाई "जखमले"को बिशेषण दिएको सुन्ने गर्दथें त्यसैले यो शब्दको बिशेषण घामलाई उचित देखियो जस्तो मलाई लागेन हुन त यो शब्द "प्रतिबिम्ब"मा नौलो देखिएको छ । घामलाई त प्रज्ज्वलित,उज्यालो,चम्किलो,प्रचण्ड वा न्यानो बिशेषण पो सुहाउँथे कि ?

हुनत अशोकको यो प्रथम प्रयास हो त्यसैले पहिलो प्रयासमा सबैले नै अन्जानमा धेरै कमिकम्जोरिहरु निम्त्याएका हुन्छन् । मेरै कुरा मात्र सदर छ भनेर म ठोकुवा गर्दिन । बस् आफुलाइे लागेको कुरा मात्र मैले पोखेकी हुँ एउटा सत्य पाठक भएर । मलाई यस्तो लाग्छ । प्रशंसाको झुटो धापभन्दा सहि सत्य गाली नै चोखो र सत्य प्रतिकृया हुन्छ जस्ले सर्जकलाइे आउँने दिनमा सहि बाटोमा हिँड्न सक्षम बनाउँछ ।

दुरदेशबाट कबि अशोकले मलाई उपहार स्वरूप "प्रतिबिम्ब" पठाएकोमा म अनुग्रिहित छु । युनिकोडको प्रयोगले मैले पनि यहाँ नचाहेर पनि कैयौं गल्ती गरेकीछु जुन आफुले चाहेर पनि सुधार्न सकिन लाइे आत्मसात गरिदिनु हुने नै छ । अन्त्यमा "प्रतिबिम्ब" एक पटक सबैले पढ्ने प्रयास गरिदिएमा अशोकको अर्को खुड्किलो फेरि यस्तै श्रीजनामा टेक्न सामर्थ्यवान बन्ने छ भन्ने मैले विश्वास लिएकीछु ।