गत सेप्टेम्बर ३ देखि ५ सम्म NASeA / ANMA को संयुक्त सम्मेलन-२०११ अत्यधिक सफलताका साथ अटलान्टाको जर्जिया शहरमामा सम्पन्न भयो | सो अवसरमा अनेसासद्वारा आयोजित प्रतियोगितात्मक कविगोष्ठीसहित बृहत साहित्य-महोत्सव सेप्टेम्बर ३, २०११ का दिन भब्यरुपमा सम्पन्न हुनुका साथै हरेक बर्ष NASeA/ANMA को संयुक्त सम्मेलनमा INLS ले नै साहित्य महोत्सव गर्ने बारे तिनैवटा संस्थाद्वारा त्रिपक्षीय सम्झौतापत्र (MOU) मा हस्ताक्षर समेत गरियो |
यति भब्य कार्यक्रमको आयोजनामा संलग्न सम्बन्धित NASeA, ANMA र NAG का सबै साथीहरु लगायत अनेसास, साहित्य महोत्सवका संयोजक श्री बिमल नेपाल बधाईका पात्र हुनुभएको छ | यस कार्यक्रमको सफल संयोजन गर्नमा बिमलजीको दक्षता साच्चि नै प्रशंसनीय देखियो |
NASeA / ANMA को संयुक्त सम्मेलन-२०११मा अनेसासद्वारा बृहत साहित्यिक महोत्सव
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि