कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वसुन्धरा पुरस्कार कविवर धर्मराज थापालाई

यस वर्षको वसुन्धराश्री पुरस्कार कविवर धर्मराज थापालाई प्रदान गरिने भएको छ । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले लोकछन्द र लयका सरल, सरस र सुस्वादू कालजयी नेपाली काव्य र कविताको सिर्जना गरेकोमा थापालाई ५० हजार पुरस्कार राशीको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले आधुनिक नेपाली समालोचना एवं गहन र गवेषणापूर्ण संास्कृतिक लेख निबन्धहरुको निरन्तर सिर्जनाद्वारा आधुनिक नेपाली साहित्यलाई अझ स्तरीय, लोकपि्रय एवं पठनीय बनाउन महत्वपूर्ण योगदान पु­र्‍याउने वरिष्ठ समालोचक एवं संस्कृतिविद डा रामदयाल राकेशलाई २०६८ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशि रु २५ हजार रहेको छ । दुवै पुरस्कार आगामी २०६९ वैशाख ७ गते प्रदान गरिने कार्यक्रम राखेको प्रतिष्ठानले जनाएको छ ।