कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल-श्याम रॊक्का





गजल

जिन्दगीमा खुसियाली पाउनै रहर भो ।।
मेरोलागी चाडपर्ब बिषालु जहर भो ।।

जवानीमा एक्लै हुँदा जिउनै कठीन छ
मायालुको पर्खाइमा जीवन कहर भो ।।

जन्मेँ हुर्केँ प्राकृतिक सुन्दर गाँउमा नै
उच्चशीक्षा लिने ठाँउ दुषीत सहर भो ।।

आफ्नो मान्छे नहुनाले पाइन जागीर नि
मनभित्र बिदेसिने अन्तिम ठहर भो ।।

परिवार सबैलाइ छाडेर हिड्नाले त
परेलीमा नथामीने आसुँको नहर भो ।।

छुवाछुत श्यामश्वेत बर्णकै भेदले नि
समाजमा सुसँस्कार प्रथाको प्रहर भो ।।

रचनाः १० अगष्ट २०१०
श्याम रोक्का (इजरायल)