कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कतारमा १०२ औ लक्ष्मी जयन्ती भब्य मनाउने तयारी गर्दै

राजेश्वोर ढकाल -दोहा

दोहा- अन्तराष्ट्रिय नेपाली साहित्यि समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको संयुक्त आयोजनामा आगामी ११ नोभेम्वर शुक्रबारका दिन १०२ औं लक्ष्मी जयन्ती मनाउने भएको छ ।

सधैं झैं यसपल्ट पनि नेपालका एकजना ख्याती प्राप्त श्रष्टालाई प्रमूख अतिथीका रुपमा निमन्त्रणा गरि मनाईने उक्त कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न समितिहरुको गठन गरिएको छ । समितिको संयोजकमा दीपक भेटवाल छनोट गरिएको छ भने उप संयोजक - चचिर्त ढुंगेल ,सचिब - तिर्थ संगम राई र सदस्यहरुमा हॆमन्त परदेशी ,राम ढुंगेल ,दिलिप अविरल, इन्द्रमणी नेपाल ,सागर अजनबी चयन भएका छन् । त्यसैगरी उपसमितिको -प्रचार प्रसार संयोजकमा -राजेश्वर ढकाल सदस्यहरु -प्रेम लामा, राजेश रुम्बा लामा, अविरल यात्री, आथिर्क संयोजकमा - इन्दु गिरि सदस्यहरु-जगतराम बर्देवा, अतृप्त कमल,सन्तोस सगुन,व्यवस्थापन संयोजकमा -बिमल गिरि,सदस्यहरु-फडिन्द्र शान्त,ज्ञानेन्द्र अम्गाईलाई चयन गरिएको छ । स्मरण रहोस गत वर्ष पनि यी दुई संस्थाले लक्ष्मी जयन्ती विषेश कार्यक्रममा नेपालबाट बरिष्ठ साहित्यिकार तथा समालोचक अभि सुवेदीलाई आमन्त्रित गरेको थियो ।