कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

हरिप्रसाद अविनव साहित्य पुरस्कार भट्टलाई प्रदान

काठमाडौं । यस वर्षको हरिप्रसाद अविनव साहित्य पुरस्कार विद्यानाथ भट्टलाई प्रदान गरिएको छ । तन्त्र विषयमा शास्त्रीय मान्यतामा रही विभिन्न पुस्तक लेखेवापत नेपाल संस्कृति विश्वविद्यालयका प्राध्यापक भट्टलाई पुरस्कृत गरिएको हो । यस्तै विकल बाल साहित्य पुरस्कार चाल्स डार्विन एकेडेमीकार एन्जल श्रेष्ठलाई प्रदान गरिएको छ ।

अविनव साहित्य समाजद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले भट्ट र श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार राशि क्रमशः १४ हजार र पाँच हजार रहेको छ ।