कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

लाज लाग्न थाल्यो

हरि मानन्धर "विवश"


हेरेपछि मुहारमा, लाज लाग्न थाल्यो
बेरेपछि अँगालोमा, लाज लाग्न थाल्यो

असैह्य भो मनको भार थाम्न नसकेर
केरेपछि पहिलो पत्र लाज लाग्न थाल्यो

सपनीमा सँगै आय, खै के? के-के भन्य
टेरेपछि तिम्रो चाह, लाज लाग्न थाल्यो

रङ्गिला ती पलहरूमा, धड्कन बढ्न थाल्यो
फेरेपछि श्वास तब, लाज लाग्न थाल्यो

थाहा पाए समाजले, अनि घरकाले
घेरेपछि सबै मिली लाज लाग्न थाल्यो