कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बढ्दैछ कि? (गजल) - आचार्य प्रभा

गजल - आचार्य प्रभा



मदहोस नयनमा प्यास अझै बढ्दैछ की
मिलनको त्राषले सास अझै बढ्दैछ की ?

छातीभित्र धड्किन्छ मुटु पनी कहालिँदै
भेट्ने इेच्छा उर्लेर आश अझै बढ्दैछ की ?

सबैलाइे होला है यस्तै यस्तै काउकुती
मिलनको त्यो पल खास अझै बढ्दैछ की ?

भेट्घाटको मीठो पल् नसकेर पर्खन नी 
अबिश्वास बढेर त्राष अझै बढ्दैछ की ?

दुईमुटु एकै होस् मिलनको पलभरी
पर्खाइेको पिरले भास अझै बढ्दैछ की ?