कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

उधौली चाड यहि २६ नोभेम्बरका दिन ब्रुनाईमा भब्य मनाइने

ब्रुनाई, २१ नोभेम्बर २०११

यस बर्षको उधौली चाड आउदो २६ नोभेम्बर शनिवारको दिन सेरिया फेमली वेलफेर सेन्टर ब्रुनाईमा भब्य मनाउने तयारी भएको छ ।

नेपाल सरकारले किरात उधौली चाड भनेर उल्लेख गरेको यस उधौली चाडमा सम्पूर्ण किरातहरुलाई एकदिन छुट्टि दिदै आएको छ । यस चाडलाई किरात लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला र सान्केवा, किरात याख्खाहरुले चासुवा र किरात सुनुवारहरुले फोलष्याँदर भन्ने गर्दछन् ।

किरातहरुको मुख्य चाड यस उद्यौलीलाई भब्यताको साथ सम्पन्न गर्न टुकरलाइनको चौतारी क्लवमा बसेको भेलाले क्याप्टेन काजीमान लिम्बु एम.सी. को संयोजकत्वमा आयोजक मण्डल निर्माण गरेको छ । जसमा साकेलाको ब्यवस्थापक डिल्ली शेर राई, च्याब्रुङको ब्यवस्थापक चन्द्र आङबुहाँङ र लोक लिम्बु, याख्खा समाजबाट नवराज जिमी र सुनुवार समाजबाट तरुण सुनुवार रहनु भएको छ । उक्त भेलाले जितेन्द्र चेम्जोङ, किसन राई, महेश वनेम, दिपेन्द्र कन्दङवा, सन्तकुमार आङदेम्बे र विश्वास दीप तिगेला लगायतलाई पनि विभिन्न जिम्मेवारी तोकेको छ ।

उद्यौली चाड दिउसो ११ बजे शुरुभई साँझ ६ बजे समापन हुनेछ र उक्त कार्यक्रममा विभिन्न परिकारका खानाका स्टलहरु सुफत मूल्यमा राखिने कुरा जनाइएको छ । साकेला, च्याब्रुङ लगायतको सांस्कृतिक नाच धित्मरुन्जेल नाच्नको लागि समयमै उपस्थित हुन सबैमा हार्दिक अनुरोध गरिएको छ ।

स्मरण रहोस, गत बर्ष पनि उद्यौली चाड सोहि ठाँउमा भब्यतापूर्वक मनाइएको थियो साथै यस बर्ष उद्यौली चाडको दिन भन्दा दुइहप्ता अगाडि नै मनाउन लागिएको हो ।