कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इजरायलमा श्री सत्य साइबाबाकॊ ८६ औँ जन्मॊत्सब .

२६ नोभेम्बेर २०११
इजरायल तेलाविव ,
www.arjundrishti.com
www.nnchautari.com
अर्जुन जयसवाल



क्यामराम्यानः अर्जुन जयसवाल
बृतचित्र इडीटरःश्याम

इजरायलको तेलअविव शहरमा , आज निकै बिहान बाटै निकै चहल पहल थियो | बिहानै नुहाई धुवाई गरेर तयार भै सकेका थिए | तर किन ? कुनै चाड पर्व पनि होईन, तर आजको दिन इजरायलवासी नेपाली साईभक्तहरुका निम्ति बिशेष नै थियो | सत्य साई बाबाको ८६ औं जन्म जयन्तिको अवसरमा | हुन् त् बाबाको जन्मदिन २३ नोभेम्बेरमा हो तर यहाँको काम को प्रकृति र नेपाली हरु ले पाउने साप्ताहिक छुट्टी शनिवार नै अनुकुल परेकोले आज को दिन सत्य साई बाबा को ८६ औं जन्म जयन्ति इजरायल वासी नेपाली हरु ले तेलाविव मा भव्यता का साथ मनाए | सत्य साई केन्द्र, इजरायल ले प्रतेक वर्ष झैँ यसपाली पनि भजन किर्तन र साई वन्दनाको कार्यक्रम पश्चात आरती गरेर कार्यक्रम गरेका थिए | सो समारोह मा नेपाली दुतावास का कर्मचारी, बिभिन्न संघ संस्था का व्यक्ति,बिभिन्न नेपाली वेभपत्रिकाका पत्रकारहरू लगायत इजरायली साइ भक्तहरु पनि आमन्त्रित थिए ,प्रमूख अथिती कारणबश आमन्त्रीत समयभन्दा एक घण्टा ढीला उपस्थित हुनुभएकाले कार्यक्रम निर्धारित समयभन्दा केहि ढीला सुरू गरिएतापनि अनबरत ३ घण्टाभन्दा लामॊ समयसम्म इजरायलस्थित साइभक्तहरूले साइभजन गाएर पुरै हल गुन्जायमान बनाउनु भएकॊ थियॊ र कार्यक्रममा सत्य साई सेन्टर इजरायलकि अध्यक्ष नेहा गुरुङले बिशेष मन्तब्य र शुभकामना समेत दिएका थिए |

२८ मार्च २०११ मा सत्य साई बाबा को निधन पछी को यो पहिलो जन्म जयन्ति कार्यक्रम हो | बाबाद्वारा मानव सेवा का लागि अनेकन क्षेत्र मा गरिएका कार्य हरु वास्तव मै प्रसंशनीय रहेको छ | सत्य साई बाबा सिरडी साई बाबा को दोस्रो अवतार मानिन्छ र तेस्रो अवतार को रुप मा प्रेमा साई को रुप मा अवतरित हुने बिश्वास साई भक्त हरुमा रहेको पाइन्छ |
कार्यक्रमकॊ अन्तमा सम्पुर्ण उपस्थित भक्तजनहरूमा बिभुती र प्रसाद बितरण गरिएकॊ थियॊ र समग्रमा इजरायलमा श्री सत्य साइबाबाकॊ ८६ औँ जन्मॊत्सब भब्यरूपमा मनाइयॊ ।



--
Always be happy and let others be happy..