कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

षडानन्द राष्ट्रिय पुरस्कार मदनमणिलाई

काठमाडौं । वरिष्ठ पत्रकार एवम् साहित्यकार मदनमणि दीक्षित षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । आबाल ब्रहृमचारी षडानन्द प्रतिष्ठानले ब्रहृमचारी षडानन्दको १७७ औँ जन्म जयन्ती एवम् प्रतिष्ठानको चौँथो वाषिर्कोत्सवका अवसरमा दीक्षितलाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारको रकम रु ५० हजार रहेको छ । दीक्षितले विकट गाउँमा विद्यालय स्थापना गरी शिक्षाको ज्योति फैलाउनुका अलवा सामाजिक कुरीतिको विरोध गर्दै सति प्रथाको अन्त्यका लागि ठूलो योगदान दिनु भएको छ ।